ल्याण्डमार्क होटलको बलात्कार प्रकरणमा संलग्न शैलेश कार्की पक्राउ

Advertisement

काठमाडौंः दरबारमार्गस्थित होटल ल्याण्डमार्कमा भएको जबरजस्ती करणीमा संलग्न रहेको आरोप लागेका शैलेश कार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।

चार युवकले एक युवतीलाई उक्त होटलमा जबरजस्ती करणी गरी फरार रहेकामा प्रहरीले आज दरबारमार्गबाट उनलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसरले मंगलबार जनाएको छ ।

महानगरीय प्रहरी वृत्त दरबारमार्गले विशेष सूचनाको आधारमा खोजतलास गरी पक्राउ परेका निज कार्की रामेछाप दूरागाउँ–३ स्थायी घर भई काठमाडौँ धुम्बाराही बस्दै आएको थिए ।

Advertisement

Advertisement

Advertisement