जव गृहमन्त्रीले प्रहरी जवानको मेसमा बसेरसँगै खाना खाए...

Advertisement

काठमाडौँ: बिहानै महानगरीय प्रहरी वृत, अनामनगरको आकस्मिक निरीक्षणमा पुगेका गृहमन्त्री रामबहादुर थाप ‘बादल’ले बुधबार प्रहरी जवानकै मेसमा बसेर खाना खाएका छन् ।

निरीक्षणका क्रममा गृहमन्त्री बादलले वृत्तको उजुरी शाखा, महिला शाखा, ब्यारेक, कैदी कक्ष, भण्डार कक्ष लगायतको निरीक्षण् गरेको, उनका प्रेस सहयोगी किरण भट्टराईले जानकारी दिएका छन् ।

सबै निरीक्षण सकेपछि गृहमन्त्रीले मेशको पनि निरीक्षण गर्ने भन्दै वृत्तको मेसतर्फ पुगे ।

त्यहाँ खानाखाईरहेको प्रहरीहरु हतारहतार उठ्न खोज्दै थिए। उनले बसेर खाईराख्न आग्रह गरे । सो लगत्तै भान्सामा पुगेर ‘हामीलाई पनि यही खाना खान्छौं, पुग्छ ’ भने प्रश्न गरे ।

गृहमन्त्रीको प्रश्नबाट अकमकिएकाहरुले सुरुमा त विश्वाँस मानेनन् । पुग्छ हजुर भनेर जवाफ दिए । ‘त्यसो भए हामीलाई पनि खाना ल्याउनुहोस् ’ भन्दै गृहमन्त्री बादल पहिले खाना खाईरहेको प्रहरीहरुसँग साथै बसे । उनको साथमा प्रहरी जनाव चन्द्र देवकोटा, प्रहरी हवल्दार कृष्णप्रसाद ओली र हवल्दार खड्क बहादुर थापा साथै खान खाएका थिए ।

गृहमन्त्रीको स्वकिय सचिवालयका सदस्य र प्रहरी वृत्तका प्रमुख अपिल बोहराले पनि साथै खाना खाए । दाल, भात, आलु र गोभीको तरकारी, साग र आलुका अचार खानमा पाकेको थियो ।

खान खाइसकेपछि गृहमन्त्री बादलले आफुले प्रहरीमा हुँदै आएको रासन असमानताबारे सुनेको र त्यसको समस्याको समाधानका लागि आफु जे सुकै गर्न पनि तयार रहेको उनले बताए ।

यसअघि आजै बिहान गृहमन्त्री थापाले नक्खु कारागार, महानगरीय प्रहरी परिषर ललितपुर, जाउलाखेल, महानगरीय प्रहरी प्रभाग पुल्चोकको निरीक्षण गरेका थिए

Advertisement

Advertisement

Advertisement