अबको सपना विश्वकपको उपाधीः मेस्सी, नजिते फुटबलबाट सन्यास

Advertisement

एजेन्सीः विश्व फुटबलका स्टार स्ट्राइकर लिओनेल मेस्सीले अर्को वर्ष रुसमा हुने विश्वकप फुटबलको उपाधी नजिते फुटबलबाट सन्यास लिने बताएका छन् । उनले करिब तीन महिनापछि रुसमा आयोजना हुने विश्वकपको उपाधी अर्जेन्टिनाले नजिते आफुले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने बताएका हुन् ।

बार्सिलोनाका अर्जेन्टिनी स्ट्राइकर मेस्सीले अहिलेसम्म विश्वकप जस्ता ठुला प्रतियोगिताको उपाधी जितेका छैनन् । उनी धेरै पटक ठुला प्रतियोगिताको फाइनलमा प्रवेश गरेर पनि उपाधी नजित्ने खेलाडीको सूचिमा पर्छन् ।

२०१६ मा भएको कोपा अमेरिकाको फाइनलमा पराजित भएपछि उनले फुटबलबाट सन्यासको घोषणा गरेका थिए । सन्यासको घोषणा गरेका उनी फेरि टिममा फर्किएका थिए ।

मेस्सीले अबको सपना रुसमा विश्वकपको उपाधी जित्ने भएको बताए । विश्वकपमा सहभागी हुने अर्जेन्टिनाको टोलीमा मेस्सीसहित, गोन्जालो हिगुइन, सर्जिओ एग्युरो, डिबाला जस्ता खेलाडीको उपस्थिति रहने अनुमान गरिएको छ ।

Advertisement

Advertisement

Advertisement