पर्यटन क्षेत्रमा लगानी बढाएर प्रतिफल लिनुहोसः पर्यटन मन्त्री अधिकारी

Advertisement

चन्द्रागिरिः संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री रविन्द्रप्रसाद अधिकारीले अब नेपालको आर्थिक विकासमा पर्यटन व्यवसायले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताएका छन् । मन्त्री अधिकारीले पर्यटनका लागि आवश्यक पर्ने सम्पूर्ण पुर्वाधार निर्माणको काम सरकारले गर्ने भएकाले यस क्षेत्रमा लगानी बढाएर प्रतिफल लिन व्यावसायीलाई आह्वान गरे ।

उनले बुधवार चन्द्रागिरि हिल्स (भालेश्वर महादेव)को अवलोकन गर्दै चन्द्रागिरिले नेपालको पर्यटन प्रबद्र्धन तथा यसले तिर्ने करले देशको आर्थिक प्रगती हुने बताए । यस्ता प्रोजेक्ट सिमित ठाँउमा मात्र नभएर सातै वटा प्रदेशमा निर्माण गरिनुपर्ने बताउँदै निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले विमानस्थल, सडक, यातायात जस्ता पुर्वाधार निर्माण सरकारले गर्ने तर होटल निर्माण गर्ने काम सरकारको नभएर नीजि क्षेत्रको भएको बताए । आर्थिक विकासमा योग्दान पुर्याउने ठुला प्रोजेक्ट निर्माणमा नीजि क्षेत्रलाई भरपुर सहयोग गरिने बताएका छन् ।

साथै, चन्द्रागिरि हिल्सका अध्यक्ष चन्द्र ढकालले सरकारले सहयोग गरेर व्यवसायीलाई हौसला दिएमा अबको केही समयमा सातै प्रदेशमा नीजि क्षेत्रले ठुला परियोजना सञ्चालन गर्ने बताए । उनले पर्यटन विकासमा लगानीको वातावरण बनाएर नीजि क्षेत्रलाई सहयोग गर्न सरकारसँग माग गरे ।

Advertisement

Advertisement

Advertisement