प्रभु बैंकको कोहलपुरमा ‘कृषि भण्डारण कर्जा’ योजना सञ्चालनमा

Advertisement

काठमाडौंः प्रभु बैंकले कोहलपुरमा भेरी शीत भण्डार सहकारी संस्था र युकेएड सक्षमको सहकार्यमा कृषि भण्डारण कर्जाको सुरुवात गरेको छ । बैंकले सहकारीमा आबद्ध कृषकलाई कृषि उपज भण्डारण गरेको रसिद धितोमा राखी प्रदान कृषि भण्डारण कर्जा उपलब्ध गराउने भएको हो ।

यस कार्यक्रमको उद्घाटन कोहलपुर नगरपालिकाका नगर प्रमुख लुटबहादुर रावतले कृषि भण्डारण कर्जा यस क्षेत्रकै नविनतम् सेवा भएको र यसले यस क्षेत्रका कृषकहरुलाई साहु महाजनको चर्को व्याजबाट सुरक्षा प्रदान गर्ने बताए ।

प्रभु बेैंकले देशका विभिन्न स्थानमा जनताका जीवनस्तर उकास्ने लक्ष्यका साथ विभिन्न खालका कर्जा सेवा युकेएड सक्षमको सहकार्यमा संचालन गर्दै आईरहेको छ । बैंकले बाँके तथा बर्दियामा आलु जस्ता तरकारीको पकेट क्षेत्र मानिएकाले सहकारीमा आबद्ध कृषकलाई कृषि भण्डारण कर्जा उपलब्ध गराउने भएको हो ।

बैंकको कोहलपुर शाखाका शाखा प्रबन्धक बिकेशकुमार श्रेष्ठले सर्व–सुलभ ढंगले प्रदान गर्न प्रभु बैंक, भेरी शीत भण्डार सहकारी र युकेएड सक्षमको सहकार्यमा शुरु गर्न लागिएको कृषि भण्डारण कर्जाको सुरुवात गरिएको बताए ।

Advertisement

Advertisement

Advertisement