सेयर बजारमा पहिरो जाने क्रम झन बढ्यो

Advertisement

काठमाडौंः सेयर बजारमा पहिरो जाने क्रम झन बढेको छ । लगानीकर्ताले बजार सुधार हुने आशा गरिरहेका बेला गिरावट बढेको हो । आज सेयर बजार परिसुचक नेप्से २४ दशमलव ७१ अंकले घटेर एक हजार २३० दशमलव ७६ अंक कायम भएको छ ।

मंगलबार १५ अंकले घटेको नेप्से आज झन बढेर गएको हो । बजारमा कारोबार केही बढे पनि किन्नेभन्दा बेच्नेहरुको संख्या बढि देखिएको छ । आज ३७ करोड रुपियाँभन्दा बढिको सेयर किनबेच भएको छ ।

उत्पादनमूलक समूहमा राम्रै सुधार रहे पनि बाँकी सबै समूहका लगानीकर्ताले घाटा सहनुपरेको छ । सबैभन्दा बढि बाणिज्य बैंक समूहको उपसुचक एक दशमलव ९८ प्रतिशतले घटेको छ । सेयर बजारमा सबैभन्दा ठूलो हिस्सा ओगटेको यो समूहको गिरावटले अन्य समूहको भन्दा बढि प्रभाव राख्दछ ।

Advertisement

Advertisement

Advertisement