‘फान अवार्ड’का उत्कृष्ट चलचित्रहरु मनोनित, अवार्ड वितरण चैत १६ मा

Advertisement

काठमाडौंः नेपाल चलचित्र कलाकार संघको आयोजनामा हुन लागेको दोस्रो ‘फान अवार्ड २०७३’को मनोनयन सार्वजनिक गरिएको छ । राजधानीमा बुधबार आयोजित कार्यक्रममा २४ विधाका उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरिएको हो ।

जसमा २०७३ सालमा रिलिज भएका चलचित्रहरुमध्ये छक्का पञ्जा २० वटा विधामा मनोनयनमा परेको छ भने जात्रा चलचित्र १२ वटामा मनोनयन परेको छ । यसैगरी शान्ति मास्को राष्ट्रिय पुरस्कारको रकम यस पटकदेखि नेपाल चलचित्र कलाकार संघ अमेरिका च्याप्टरले प्रायोजन गरेको छ । अवार्ड वितरण आगामी १६ गते आयोजना हुने छ ।

कार्यक्रममा वरिष्ठ चलचित्रकर्मी निर शाहले यस्ता अवार्डले नेपाली कलाकारको क्षमता वृद्धिमा सहयोग पुग्ने बताए । नेपाल विज्ञापन संघका अध्यक्ष रविन्द्र रिजालले कला र विज्ञापन क्षेत्र एक अर्काको परिपूरक भएकाले बताए ।

Advertisement

Advertisement

Advertisement