प्रधानमन्त्री ओलीले सन्दिपको आइपीएल जर्सी सार्वजनिक गर्दै

Advertisement

काठमाडौंः दिल्ली डेयरडेभिल्समा आबद्ध भएका नेपाली युवा क्रिकेट खेलाडी सन्दिप लामिछानेको आइपीएल जर्सी बिहीवार सार्वजनिक गरिने भएको छ । सन्दिपको आइपीएल जर्सी आज प्रधानमन्त्री केपीशर्मा ओलीले काठमाडौंमा सार्वजनिक गर्ने भएका हुन् ।

दिल्लीको व्यवस्थापनले ल्याएको सन्दिपको जर्सी प्रधानमन्त्रीले सार्वजनिक गर्ने सन्दिपले बताए । उनी जर्सी सार्वजनिक गर्नकै लागि चितवनबाट काठमाडौं आइसकेका छन् ।

विश्वकप छनोट प्रतियोगिता खेलेर सोमबार स्वदेश आएका सन्दिप आागामी मंगलबार प्रशिक्षणका लागि दिल्ली प्रस्थान गर्नेछन् । उनी आइपीएलको टिम दिल्ली डेयरडेभिल्सले २० लाख भारुमा अनुबन्ध गरेको थियो ।

Advertisement

Advertisement

Advertisement