जनता बैंकको ‘जनता सुरक्षा बचत खाता’ योजना संचालनमा

Advertisement

काठमाडौँ: जनता बैंकले आकर्षक बीमा सुविधा सहितको बचत योजना‘जनता सुरक्षा बचत खाता’ संचालनमा ल्याएको छ ।

यो बचत योजनायहिमिति २०७४ चैत्र ७ गते देखि लागु हुनेछ ।

१० हजार रुपियाँमा खोल्न सकिने यो योजनामा ७ प्रतिशत ब्याज त्रैमासिक रुपमा उपलब्ध हुने छ । बचतकर्ताले १० लाखसम्मको दुर्घटना बीमा पाउने छन् ।

बचतकर्ता अस्पताल गएर बिरामी हुँदा १ लाखसम्मको उपचार खर्च तथा भर्ना नभएर उपचार गर्दा ५ हजार रुपैयाँसम्मको उपचार खर्चको बीमा गरिएको बैंकले जनाएको छ । लकर सुविधामा ५० प्रतिशत छुट दिइएको बैंकले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement