कोरियन भाषा परीक्षाको आवेदन आजबाट खुला, अनलाइनबाट घरैमा बसेर भर्नुहोस्

Advertisement

काठमाडौँ: कोरियाको ई.पी.एस शाखाले नवौं कोरियन भाषा परीक्षाका लागि बिहिबारदेखि अनलाइन आवेदन खुल्ला गरेको छ । कोरिया जान चाहाने इच्छुक युवाले १७ गते रातको १२ बजेसम्म आवेदन दिइसक्नु पर्नेछ ।

नेपालको जुनसुकै ठाउँबाट आवेदन फर्म भर्न सकिनेछ । अनलाइन आवेदन दिनका लागि सबैभन्दा पहिले परिक्षार्थीले ग्लोबल आइएमई बैंकका देशभर सञ्चालनमा रहेको जुनसुकै शाखाबाट २४ डलर भुक्तानी गरेको स्लिपी नम्बर लिनु पर्छ ।

आवेदन गर्ने दिनभन्दा अघिलो दिनमै रकम भुक्तानी भएको हुनपर्छ । आवेदन गर्न चाहने इच्छुक व्यक्तिको उमेर १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेको हुनुपर्छ ।

अनलाइन आवेदन दिनले अनिवाई रुपमा इमेल आइडी र नम्बर उल्लेख गर्नुपर्छ । कोरिया सरकारले सन् २०१९ का लागि नेपालबाट ७१ सय को हाराहारीका कामदार लैजाने गरी कोटा तोकेको छ । जसमा ४ हजार ८ सय र कृषि क्षेत्रमा २ हजार ३ कोटा निर्धारण गरिएको ईपीएस कोरिया शाखाले जनाएको छ ।

नवौं भाषा परीक्षा जेठ २६ र २७ गते सञ्चालन हुनेछ । जसमा १२ हजार आवेदकले पोखराबाट परीक्षा दिने पाउने छन् भने अन्य सबैले काठमाडौंबाटै दिनुपर्छ ।

आवेदन दिन तल क्लिक गर्नुहोस

http://epsnepal.gov.np/

Advertisement

Advertisement

Advertisement