रद्द भएका आवेदनलाई समेत रसुवागढीको साधारण शेयर दिइने

Advertisement

काठमाडौँ: रसुवागढी जलविद्युत् कम्पनीको साधारण शेयर (आइपीओमा) आवेदन दिने केही आवेदकको आवेदनमा थुप्रै गल्ति र आवेदन नै रद्द भएपछि उक्त रद्द भएका आवेदनहरु समेतलाई मध्ये नजर गर्दै शेयर दिने तयारी गरेको छ ।

यो संगै शेयर बाँडफाँड प्रक्रिया भने लम्बिने भएको छ ।

कम्पनीका अनुसार केही आवेदनमा डिम्याट खाता प्रस्ट नभएको, खाता नम्बर प्रस्ट नलेखिएको, नाम तथा ठेगाना समेत समेत स्पष्ट नदेखिएको पाइएकाले त्यस्ता आवेदन रद्द गरिएको जनाएको ।

रसुवागढी जलविद्युत् कम्पनीले गत फागुन ११ गतेदेखि ३० गतेसम्म जारी गरेको सिमित आइपिओमा ६ गुणा बढी आवेदन परेको थियो । रद्द भएका आवेदकलाई मिलाएर दिने लक्ष्यका साथ केही ढिलाई भएको भएपनि अब केही दिन भित्रै बाँडफाँड गरिने आयोजनाले दिएको छ ।

केही शेयर आवेदन फर्ममा समस्या देखिएका कारण शेयर बाँडफाँडमा समस्या भएको हो । आयोजनाले शेयर बाँडफाँडको तयारी गरिरहदा कति कर्मचारीको डिम्याट नम्बर प्रस्ट नलेखेको, बैंक खाता नम्बर प्रष्ट नभएको तथा नाम तथा ठेगाना समेत स्पष्ट नभएको पाइएको आयोजनाले जानकारी दिएको छ ।

रसुवागढी हाइड्रो पावर कम्पनीका प्रमुख माधव कोइरालाले केही दिन भित्रै शेयर बाँडफाँड गरिने बताए । उनले प्रष्ट रुपमा आवेदन नदिएकालाई समेत शेयर दिने तयारी अनुसार नै केही ढिलाई भएको बताए ।

आयोजनाले शेयर आवेदनकर्ता सबैलाई न्यूनतम ७० कित्ता शेयर दिने तयारी गरेको छ । रसुवागढी हाइड्रो पावर कम्पनीको शेयर खरिद गर्न आवेदन दिएका सञ्चय कोषमा रकम जम्मा गर्ने सबै सञ्चयकर्ताले करिब ७० कित्ता सेयर पाउने निश्चित जस्तै रहेको बताइन्छ ।

मागभन्दा ६ गुणा बढी आवेदन परेकाले सबै सञ्चयकर्तालाई पुग्ने गरी बाँडफाँड गर्न लागिएको कम्पनीले जनाएको छ ।

आवेदक सबैले पाउने गरी बाँडफाँडको तयारी भइरहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत कोइरालाले बताए ।

सो आवेदनबाट आवेदनबाट ६ अर्ब ७० करोड रुपियाँ रकम संकलन भएको समेत जनएको छ ।

Advertisement

Advertisement

Advertisement