फेसबुकबाट हुनसक्ने तपाईंको व्यक्तिगत डाटा चोरी रोक्न यसो गर्नुहोस

Advertisement

काठमाडौँ: सर्वाधिक रुचाइएको सामाजिक संजाल फेसबुकबाट हाम्रो व्यक्तिगत डाटा तथा जानकारीहरु चोरी भएको भन्ने समाचारहरु सर्वाजनिक भइरहंदा, यस्तो हुन बटा कसरी बच्न सकिन्छ भन्नेबारे तपाइहरु मध्य कमैलाई थाहा हुन सक्छ ।

सो दाता चोरी भएको भन्ने अनुशान्धानले गर्दा फेसबुकका मालिक मार्क जुकर्बर्गले समेत यस घटनापश्चात माफी मागिसकेका छन् ।

अनुसन्धान केन्द्र क्याब्रिज एनालिटिकामाथि आरोप लागेको छ कि उसले पाँच करोड फेसबुक प्रयोगकर्ताको डाटा गलत रुपमा प्रयोग गरेको छ । सामाजिक सञ्जालमाथि रहेको जानकारी कुन रुपमा कसका साथ सेयर गर्न सकिन्छ ।

फेसबुकका लागि डेटा इन्धन जस्तै हो । यो विज्ञापनदाताको एक प्लेटर्फम दिन्छ जसको बदलामा फेसबुक पैसा कमाउँछ ।

यसमा कुनै संका छैन कि फेसबुकसँग आफ्ना प्रयोगकर्ताको लाइक्स, डिसलाइक्स, लाइफस्टाइल र राजनीतिक झुकावको विस्तृत प्रोफाइल तयार गर्ने क्षमता छ ।

सवैभन्दा ठूलो प्रश्न यो उठिरहेको छ कि एक दोस्रोसँग को कुराकानी र सेयरका क्रमलाई कसरी सुरक्षीत गर्न सकिन्छ ।
जस्तो हामीले हाल फेसबुकमार्फत एउटा सूचना देख्न पाउँछौँ- हेर्न चाहनुहुन्छ तपाई कुन बलिउड स्टार जस्तो देखिनु हुन्छ, तपैन्को अनुसार को संग मेल खान्छ, तपाइको बुढो भएपछी कस्तो देखिनु हुन्छ ? यहाँ क्लिक गर्नुस् , भन्ने क्विज र लिंकहरु देखेका छौँ र कत्तिले यसको प्रयोग समेत गरिरहेका छौँ । हो यही एप्सबाट भैरहेको छ हाम्रो डाटा चोरी ।

यस्तै खालको क्विजका माध्यमबाट क्याम्रिज एनालिटिकाले करोडौं मानिसले डाटा हासिल गरेका थिए । यस्तो क्विजमा तपाईंको विवरण सुरक्षित हुन्छ भन्ने विश्वास दिलाइन्छ । तर अहिलेसम्म कतलिे यस्तो डाटा चोरी गरेका छन् भन्ने पत्ता लागेको छैन ।

त्यसो हो भने, अव फेसबुक प्रयोगकर्ताले आफ्नो जानकारी सुरक्षित राख्नका लागि के गर्ने त ? यसका लागि तल दिइएको सुझावलाई पालन गर्नुहोस ।

पहिले, फेसबुकमा लग इन गरेर एप सेटिङ पेजमा जानुहोस्

एप्स, वेभसाइट तथा प्लगइनको तल देखिएको एडिट बटनमा क्लिक गर्नुस्

अब प्लेटफर्मलाई डिसेबल गर्नुस् ।

माथि दिएको तरिका अपनाएपछि फेसबुकमा कुनै तेस्रो पक्षले साइटको प्रयोग गर्न पाउने छैन । यदी यो तरिका तपाईलाई मन परेन भने अर्को तरिका पनि छ ।

फेसबुकको एप सुटिङ पेजमा लग इन गर्नुस् ।

त्यहाँका सवै क्याटागोरिलाई अनक्लिक गर्नुस जसलाई तपाई देखाउन चाहनुहुन्न ।

यसमा तपाईंको बायोडाटा, जन्मदिन, परिवार, धार्मिक विचारधारा, तपाई अनलाइन हुनुन्छ वा हुनुहुन्न, तपाईको टाइमलाइनमा देखिने पोस्ट, तपाईंको गतिविधि वा रुचि समावेश छन् ।

Advertisement

Advertisement

Advertisement