प्रधानमन्त्री ओलीले पहिले भारतकै भ्रमण गर्ने

Advertisement

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले चैत अन्तिम साता भारत भ्रमण गर्ने भएका छन्। परराष्ट्र मन्त्रालयका अनुसार चैत अन्तिम साता प्रधानमन्त्री ओली दिल्ली जान लागेका हुन्।

‘चैतको अन्तिम साता भ्रणमको कुरा भइरहेको भएपनि मिति टुङ्गो नलागेको, परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले बताए । उनका अनुसार दुईपक्षीय कुराकानी समेत भइरहेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री ओली नियुक्त भए लगत्तै उनलाई बधाई दिँदै भारत भ्रमणको निम्तो दिएका थिए।

ओली प्रधानमन्त्री नियुक्त हुनुअघि उनकै निमन्त्रणामा भारतीय विदेश मन्त्री सुष्मा स्वराज नेपाल आएकी थिइन्।

Advertisement

Advertisement

Advertisement