इपिएस भाषा: फारम भने अनलाइनबाटै, रकम बुझाउन चाँही लाइनकै झन्झट (हेर्नुहोस तस्बिर)

Advertisement

काठमाडौँ: सन् २०१८ मा इपिएसमार्फत दक्षिण कोरियामा काम गर्न जान चाहने नेपालीले बिहीबार भाषा परीक्षाको फारम भरी रहेका छन् ।

श्रम तथा रोजगार मन्त्रालयअन्तर्गत इपिएस शाखाले अनलाइनबाटै फारम भर्न पाउने व्यवस्था गरेको छ तर त्यसभन्दा पहिले बैंक भौचर अनिवार्य भरेको हुनुपर्ने जनाएपछि बुधबार रातिदेखि नै युवाहरू बैंकमा रकम बुझाउन लाइन लागेका छन्।

तस्बिर: द्वारिका काफ्ले



चैत १८ गतेसम्म भाषा परीक्षाको फारम भर्ने पाइने भए पनि युवाहरू अघिल्लो राति आजैदेखि आईएमई बैंकमा लागिरहेका छन्। बैंकमा परीक्षार्थीले २४ अमेरिकी डलर परीक्षा शुल्क बुझाउन लाइन लागेर बसेका हुन्।



जेठ २६ र २७ गते भाषा परीक्षामा हुँदैछ।



आठौं संस्करण इपिएसबाट उत्पादमूलक क्षेत्रतर्फ ४८ सय र कृषि तथा पशुपालन क्षेत्रतर्फ २३ सय गरी जम्मा ७१ सय जना उत्तीर्ण हुनेछन्। परीक्षा पोखरा र काठमाडौंमा हुनेछ। परिक्षार्थीले नै आफूले परीक्षा दिन चाहेको केन्द्र रोज्नुपर्नेछ।

Advertisement

Advertisement

Advertisement