पाकेटमार पतिलाई छुटाउन प्रहरीलाई तीन लाख घुष !

Advertisement

काठमाडौंः पाकेट मारेको आरोपमा पक्राउ परेका एक व्यक्तीलाई छुटाउन तीन लाख रुपियाँ लिएर जाने युवतीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले एक युवकको पाकेट मारेको आरोपमा प्रक्राउ गरेका आफ्ना पतिलाई छुटाउन तीन लाख रुपियाँ घुष दिएर प्रहरीलाई फसाउन खोज्ने युवतीलाई पक्राउ गरेको हो ।

महानगरिय प्रहरी वृत गौशाला प्रहरीले बुधवार साझँ सात बजे धुलिखेलका विवके लामालाई ७५ हजार रुपियाँ पाकेट मारेको आरोपमा पक्राउ गरेको थियो । लामा कोटेश्वरबाट चाबहिलतर्फ गइरहेको सार्वजनिक बसका यात्रु सरोज कार्कीको पाकेट मार्दै गर्दा सिनामंगलबाट रंगेहात पक्राउ परेका थिए ।

महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलका अनुसार पक्राउ परेका विवकेलाई छुटाउन उनकी २३ वर्षीय पत्नी शर्मिला तामाङले तीन लाख २४ हजार रुपियाँ दिने भनेपछि पत्नीलाई पनि पक्राउ गरिएको हो । शर्मिलाको प्रहरीलाई आर्थिक प्रलोभन देखाएर पति छुटाउने र प्रहरीलाईनै फसाउने योजना रहेको अनुसन्धानबाट खुल्न आएको छ ।

Advertisement

Advertisement

Advertisement