नेप्सेमा गिरावट कायम रहँदा कारोबार रकममा भने सुधार

Advertisement

काठमाडौंः साताको अन्तिम दिन बिहीवार सेयर बजार परिसूचक नेप्से १० दशमलव ६३ अंकले घटेर एक हजार २२० दशमलव ४४ अंक कायम भएको छ । नेप्सेमा गिरावट आउँदा पनि कारोबार रकममा भने आज सामान्य सुधार आएको छ ।

नेप्सेमा ४३ करोड रुपियाँ बराबरको १० लाख ७७ हजार ७४९ कित्ता सेयर किनबेच भएको छ । हिजो बुधवार ३७ करोड रुपियाँ बराबरको सेयर कारोवार भएको थियो । आज सबै समूहको परिसूचकमा गिरावट आएको छ ।

सबैभन्दा बढी गिरावट बीमा समूहमा १२० दशमलव ७, होटल समूहमा ५९ दशमलव ४५, उत्पादन समूहमा ३३ दशमलव ०६ अंकले गिरावट आएको छ ।

यस्तै, सेन्सेटिभ समूहको परिसूचक मापन गर्ने इन्डेक्स १ दशमलव ९९ अंकले गिरावट हुँदै २६० दशमलव ४१ अंक कायम भएको छ ।

Advertisement

Advertisement

Advertisement