बालाजू अटोवक्र्सले सम्पन्न गर्यो प्राविधिक प्रतियोगिता

Advertisement

काठमाडौंः अग्नि ग्रुपको आधिकारिक सर्भिस सेन्टर बालाजु अटोवक्र्सले हालै उत्कृष्ट प्राविधिक प्रतिपयोगिता सम्पन्न गरेको छ । कार्यक्रम कम्पनीले महिन्द्रा एण्ड महिन्द्रा इन्टरनेशनलसँगको सहकार्यमा विगतमा गर्दै आइरहेकोमा निरन्तर रुपमा सञ्चालनमा ल्याएको हो ।

प्रतिपयोगिता यही मार्च १५ र १६ तारिख २०१८ मा सम्पन्न भएको थियो । उक्त प्रतियोगितामा नेपाल अधिराज्यभरका महिन्द्राका डिलरहरुबाट सहभागी भएका थिए । प्रतियोगिताको पहिलो दिन तालिम प्रदान गरिएको थियो भने दोस्रो दिन प्रतियोगिता सम्पन्न गरिएको थियो ।

तालिमको संयोजन सन्तोष पौडेलले गरेका थिए भने तालिम बलराम सत्यालले दिएका थिए । तालिममा सर्भिस म्यानवापरहरुलाई काम गर्ने तरिका, गुणस्तरीयता, जस्ता प्राविधिक एवं आधारभूत विधि सम्बन्धी तालिम प्रदान गरिएको थियो । प्रतियोगिता सञ्चालनमा ल्याउनुको मुख्य लक्ष्य उपयुक्त प्रतिस्पर्धीको छनौट गरी आगामी दिनहरुमा तालिमको आवश्यकतालाई पहिचान गर्नु रहेको कम्पनीले जनाएको छ ।

प्रतियोगितामा अष्टनारायण महर्जन ए एम अटोमोबाइलस, बल्खु विजय भएका छन् । यस्तै दोस्रो स्थानमा अनुप कुमार मिश्र, गणपुर अटोवक्र्स, नेपालगञ्ज, दोस्रो रनरअपका रुपमा मणिराम चौधरी, दक्षिणकाली इन्कर्पोरेटेड, धनगढी भएका छन् ।

पहिलो र दोस्रो रनरअपका विजयीहरुलाई आयोजकले ट्रफि, प्रमाण पत्र र नगद पुरस्कार प्रदान गरेको थियो भने सहभागी सम्पूर्ण प्रतिस्पर्धीहरुलाई सहभागीताको प्रमाण पत्र वितरण गरिएको थियो । उक्त समारोहमा कम्पनीका कन्ट्री म्यानेजर तपस पटनायक, शिवसुदन श्रेष्ठ (एजिएम अग्नि) तथा प्रमोद क्षेत्री (वि एम वीरगञ्ज) को गरिमामय उपस्थिति रहेको थियो ।

Advertisement

Advertisement

Advertisement