राजधानीमा छुट्टाछुट्टै दुर्घटनामा परि तीनको मृत्यु

Advertisement

काठमाडौंः बसुन्धाराको तिलिङ्गेटारमा माइक्रोबसले एक स्कुटरलाई ठक्कर दिँदा गम्भिर घाइते भएका स्कुटर चालकको मृत्यु भएको छ । घाइते चालकलाई उपचारका लागि अस्पतालमा लग्दै गर्दा बाटोमै मृत्यु भएको हो ।

बा६६प८५७४ नम्बरको स्कुटरलाई बा१ज८५२७ नम्बरको माइक्रोबसले ठक्कर दिँदा गोरखाका २३ वर्षीय दिवश रायमाझीको उपचारको मृत्यु भएको छ । उनलाई उपचारका लागि शिक्षण अस्पताल महाराजगंजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । प्रहरीले दुबै सवारी साधन र माइक्रोबसका चालकलाई नियन्त्रणमा लिएको छ ।

यस्तै काठमाडौं–१४ खसीबजारमा ना७ख३२० नम्बरको उखु ोक्ने गाडीले ठक्कर दिँदा गम्भीर घाइते भएका बर्दियाका ४० वर्षीय मोतीलाल पुनमगरको उपचारको लागि वीर अस्पताल लैजाने क्रममा बुधवार बाटोमै मृत्यु भएको छ । गाडी नियन्त्रणमा लिई फरार चालकको प्रहरीले खोजी गरिरहेको छ ।

साथै, काठमाडौं–१६ बालाजु चोकमा बा७९प७८११ नम्बरको मोटरसाइकल बिहीबार अनियन्त्रित भई बिजुलीको पोलमा ठक्कर खाएर दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक नुवाकोट बेलकोट–३ गढी घर भएका २२ वर्षीय सुनिल पुडासैनीको शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको छ ।

Advertisement

Advertisement

Advertisement