दाइलाई ‘क्यास ब्याक’, भाइलाई नयाँ यामाहा बाइक

Advertisement

काठमाडौंः जलेश्वरका रतिशकुमार झाले भारतमा बीएसएम सकेर आइरहेका भाई सतिशकुमारलाई यामाहाको नयाँ बाइक दिने सोच बनाएका थिए । उनी बिहीवार कान्तिपथस्थित यामाहा शोरुममा गएर बाइक किनेर भाईलाई ‘सरप्राइज गिफ्ट’ दिनलाई बाइक किन्न गए ।

झा भाइ घर आउनुअघि नै उसको लागि मोटरसाइकल किनेर ल्याउने सोचमा थिए । उनी भाइको लागि यामाहाको एफजीएस एफआई बाइक किन्न शोरुम जाँदा उनी आफैं सप्र्राइज भए । यामाहाको नयाँ वर्ष योजनाअन्तर्गतको स्क्र्याचबुक कोर्दा उनले ५० प्रतिशत क्यास ब्याक पाएर उनी ‘सप्र्राइज्ड’ भएका हुन् ।

तर पहिलो स्क्र्याच कोर्दा पाँच हजार परे पनि दोस्रो, तेस्रो र चौथो स्क्र्याचमा उनलाई क्रमसः एयरफिल्टर, कप र पफ्र्युम प¥यो । तर अन्तिम स्क्र्याचमा झालाई ५० प्रतिशत क्यास ब्याकको चिट्ठा पर्यो ।

उनले केही पैसा आफ्नो, केही पैसा सापटी लिएर दुई लाख ६५ हजार रुपिैयाँ लिएर आएको बताए । तर, अन्तिम स्क्र्याच कोरेपछि आधा पैसा फिर्ता पाउने भएछु । यामाहाका स्टाफहरु पनि उफ्रेर मलाई घेर्न आए, अनि बधाई दिए झाले भने ।

‘आमन्त्रण’ नाम रहेको यो योजनामा यामाहा ब्रान्डका मोटरसाइकल र स्कुटर खरिद गर्ने ग्राहकले एउटा स्क्र्याच बुक पाउनेछन् जसमा उनीहरुले पाँच हजार रुपियाँदेखि ५० हजार रुपियाँसम्म ‘स्योर सट डिस्काउन्ट’ र १०० प्रतिशतसम्म ‘क्यास ब्याक’ पाउन सक्नेछन् ।

यो योजनामा मा अझ धेरै उपहार र फुल क्यास ब्याक भएको यामाहाका मार्केटिङ हेड प्रदिप पोखरेलले बताए । उनका अनुसार स्क्र्याच बुकमा पाँच वटा पाना हुनेछन् जसमा ग्राहकले पाँच हजारदेखि ५० हजारसम्मको ‘स्योर सट डिस्काउन्ट’, बच्चा र आफूले माया गर्नेका लागि उपहार र सर्भिस डिपार्टमेन्टको तर्फबाट उपहार र सत प्रतिशतसम्म ‘क्यास ब्याक’ पाउनेछन् ।

Advertisement

Advertisement

Advertisement