ट्रम्प र विडेनबीच फेरि भनाभन, विडेनलाई धेरै गनगन नगर्न ट्रम्पको सल्लाह

Advertisement

वासिङ्टनः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र पूर्व उपराष्ट्रपति जो विडेनबीच फेरि आरोप प्रत्यारोप शुरु भएको छ । गत मङ्लबार पूर्व उपराष्ट्रपति विडेनले यदि माध्यमिक विद्यालयमा पढने विद्यार्थी भएको भए आफूले ट्रम्पलाई व्यायामशालाको पछाडी लगेर कुट्ने बताएका थिए ।

विडेनको उक्त भनाई अमेरिकी सञ्चारमाध्यममा आएपछि बिहीबार ट्वीटरमा सन्देश लेख्दै ट्रम्पले भने, “सनकी जो विडेन एउटा अबुझ व्यक्तिजस्ता देखिएका छन् । वास्तवमा उनी शारीरिक वा मानसिक रूप दुवैमा कमजोर छन् तरपनि उनले मलाई दोस्रो पटक शारीरिक हमलाको धम्की दिएका छन् ।”

राष्ट्रपति ट्रम्पले भनेका छन, “उहाँले मलाई चिन्नुभएको छैन । तर उहाँ नराम्रोसँग गिरेर गनगन गरिरहनुभएको छ । विचरा जो कसैलाई नधम्काउनुस् ।”

मायमीमा भएको यौनहिंसाविरुद्धको प्रदर्शनका क्रममा गरेको सम्वोधनमा सन् २०२० मा ट्रम्पसँग अमेरिकी राष्ट्रपतिमा प्रतिस्पर्धा गर्नसक्ने बलियो सम्भावना रहेका विडेनले विद्यालयस्तरमा भएको भए शारिरीक रूपमा नराम्रोसँग कुट्ने भनी उत्तेजक भाषण दिएको अमेरिकी सञ्चारमाध्यम हुँदै अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आएको थियो ।

Advertisement

Advertisement

Advertisement