मोनोरेलमा मलेसियाली कम्पनीको चासो, टोली आयो नेपाल

Advertisement

काठमाडौं: काठमाडौंको चक्रपथमा मोनोरेल सञ्चालन गर्न मलेसियाली रेल कम्पनीले चासो देखाएको छ ।

मोनोरेल सञ्चालनबारे छलफल गर्न मलेसियाली कम्पनी पावरट्रेकका अधिकारी नेपाल आएका छन् । आजको नागरिक दैनिकको पहिलो पृष्ठमा खबर छापिएको छ ।

उनीहरुले नेपाली लगानीकर्तासँग मिलेर ‘काठमाडौँ मोनोरेल प्रालि नामक कम्पनी’ गत माघमै स्थापना गरिसकेका छन् ।

मोनोरेल सञ्चालनबारे छलफल गर्न यति बेला कम्पनीका अध्यक्ष डा.अमिनुद्दिन अदनान, कार्पोरेट डाइरेक्टर हेन्री जुड, निर्देशक सिएस सेल्भाराजाका साथै बेलायती लगानी कम्पनी एन्जल इन्भेस्टमेन्टका मलेसियाली कन्सलट्यान्ट अल्बर्ट पेरियानागाम काठमाडौँमा छन् ।

टोलीले बुधबार राति प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेर परियोजनाबारे जानकारी गराएको छ ।

‘बुधबार राति अबेरसम्म मलेसियाली टोलीले प्रधानमन्त्रीसँग बालुवाटारमा छलफल गरेको छ भेटमा संलग्न एक अधिकारीले भने, प्रधानमन्त्रीले उहाँहरुको प्रस्तावलाई सकारात्मक रुपमा लिनुभएको छ।’

Advertisement

Advertisement

Advertisement