चालू आबको सात महिनासम्ममा ८५ अर्ब बढीको पेट्रोलियम पदार्थ आयात

Advertisement

काठमाडौँ: यातायात साधनको आयात बढे संगै पछिल्लो केहि वर्ष देखि नेपालमा पेट्रोलियम पदार्थको आयातमा भारी वृद्धि हुदै गएको छ ।

चालू आर्थिक वर्षको पहिलो सात महिनासम्ममा नेपालमा ८५ अर्ब २६ करोड बराबरको पेट्रोलियम पदार्थको आयात भएको छ । यो आयात अघिल्लो वर्षको सोहि अबधिको तुलनामा ३६ दशमलव ३ प्रतिशतले बढी भएको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले जनाएको छ ।

गत आर्थिक बर्षको सात महिनासम्ममा जम्मा ६२ अर्ब ५४ करोड बराबरको पेट्रोलियम पदार्थ आयात भएको थियो ।

देशमा अघिल्लो आर्थिक वर्ष एक खर्ब २२ अर्ब बराबरको पेट्रोलियम पदार्थ आयात भएको थियो ।
केन्द्रको तथ्याँक अनुसार समिक्षा अबधिमा यातायातका साधन र तिनका पार्टपुर्जाको आयातमा भने ७.७ प्रतिशतले ह्रास आएको छ । चालू आर्थिक बर्षको सात महिनासम्म ४९ अर्ब ८४ करोड बराबरको यातायातका साधन र तिनका पार्टपुर्जाको आयात भएको छ ।

समिक्षा अबधिमा नेपालको कुल पैठारीमा १८ दशमलव ६ प्रतिशतले वृद्धि भई ६ खर्ब ६१ अर्ब २२ करोड पुगेको छ ।

Advertisement

Advertisement

Advertisement