कम्युनिष्टलाई विकासबारे 'सेन्स' नै नभएको पूर्व अर्थमन्त्री डा. महतको आरोप

Advertisement

काठमाडौं: पूर्व अर्थमन्त्री तथा नेपाली कांग्रेसका नेता डा. रामशरण महतले शुक्रबार सरकार गठन भएको सय दिन पनि नपुग्दै गलत निर्णयहरु गर्न थालिसकेकोले त्यसको प्रतिवाद गर्न काँग्रेस सडकमा उत्रिन पर्ने अवस्थाप्रति सजग गराएका छन्।

आज नुवाकोटको त्रिशुलीमा आयोजित काँग्रेसका जिल्ला कोषाध्यक्षहरुको राष्ट्रिय सम्मेलनको समापन कार्यक्रममा बोल्दै नेता महतले सो धारणा राखेका हुन् ।

पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन गरेको दुईदिने सम्मेलनको समापन कार्यक्रमका प्रमुख अतिथि डा. महतले गरेका हुन् ।

उनले भने, "अहिले सरकारले बूढीगण्डकी आयोजना विना प्रतिस्पर्धा चिनियाँ कम्पनीलाई निर्माणका लागि दिने तयारी गरेको छ र यसको विरोधमा काँग्रेस सडकमा उत्रिनुपर्ने हुनसक्छ।"

सरकारले गर्ने राम्रा कामहरुको प्रशंसा काँग्रेसले गर्नेछ तर सरकारमा बस्नेहरुको अहिलेको कुरा सुन्दा विकासबारे सोच देखिएको छैन र कम्युनिस्टहरुलाई विकासको 'सेन्स' नै नभएको महतले दावी गरे ।

तुरुन्तै रेल सेवा सञ्चालन गरिहाल्ने अभिव्यक्ति दिने एक सरकारी नेतालाई आफूले रेलसेवा सञ्चालन गर्न कति पैसा लाग्छ थाहा छ भनेर प्रश्न गरेको महतले बताए ।

काँग्रेसबारे टिप्पणी गर्दै महतले भने, "म काँग्रेसको अहिलेको रबैयाप्रति सन्तुस्ट छैन, पार्टीको संगठन कमजोर भएको छ, आत्मनिन्दामा फँसेको, पार्टीको शक्ति छरपस्ट भएको र पार्टीमा एकलरुपमा मनोमानी निर्णय बढेर गएका छन्।"

Advertisement

Advertisement

Advertisement