युएस बंगला  विमान दुर्घटनाका पाइलटकी श्रीमतीको पनि मृत्यु

Advertisement

काठमाडौँ: बाह्र दिन अघि काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा भएको युएस बंगला एयरलाइन्स विमान दुर्घटनाका पाइलटकी श्रीमतीको शुक्रबार विहान बंगलादेशमा मृत्यु भएको छ ।

विमान चालक अविद सुल्तानकी श्रीमती अफ्साना खानमको बंगलादेशको राजधानी ढाकाको नेशनल इन्ष्टिच्युट अफ न्युरो साइन्स एण्ड हस्पिटलमा हृदयघातका कारण मृत्यु भएको हो ।

उनलाई गत आइतबार हृदयघात भएपछि अस्पताल भर्ना गरिएको थियो । उनको मृत्यु शुक्रबार विहान साढे ९ बजे भएको अस्पतालका डाक्टर खुर्शिद मोहम्मदले बंगलादेशी सञ्चार माध्यम ढाका ट्रिब्युनलाई बताएका छन् ।

मुस्लिम धर्म अनुसार दाहसंस्कार गरिने उनको शव पति अबिदको चिहान नजिकै राखिने परिवारले जनाएको छ ।

अविदले चलाएको जहाज काठमाडौंमा दुर्घटना हुँदा चालक दलका ४ सदस्यसहित ४९ जनाको मृतयु भएको थियो । जसमा २६ जना बंगलादेशी, २१ नेपाली, एक चिनियाँ र एक जना माल्दिभ्सका नागरिक छन् ।

Advertisement

Advertisement

Advertisement