ग्लोकल टिन हिरोको लागि सिजी फुड्स र ग्लोकल प्रालिबीच सम्झौता

Advertisement

काठमाडौंः सिजी फुड्स र ग्लोकल प्रालिले ग्लोकल टिन हिरोलाई पुनः वाईवाई ग्लोकल टिन हिरोको रुपमा अघि बढाउने सम्झौता गरेका छन् ।

वाईवाई ग्लोकल टिन हिरो ग्लोकल खबरले सुरुवात गरेको एक कार्यक्रम हो । किशोरकिशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउन कार्यक्रम गर्न लागिएको जनाइएको छ ।

यस मन्चमार्फत किशोरकिशोरीहरुमा भएको उत्साह, रचनात्मक सुरुवातको चाहनाको पहिचान गरी राष्ट्रको अन्य किशोरकिशोरीहरुलाई उद्यमी सोचाइको विकास गर्न उत्प्रेरित गर्ने कार्यक्रमको आयोजना गर्न लागिएको आयोजकको भनाई छ ।

सिजी फुड्सका सिइओ जिपी शाह भन्छन्, किशोर किशोरीहरुमा सकारात्मक परिवर्तन ल्याउन यसले मद्दत गर्दछ । दिगो सम्झौता अघि बढाउने उद्देश्यका साथ हामी अहिले सम्झौताको तेस्रो बर्षमा टेक्दैछौं । जनतालाई यो अवगत गराउन चाहन्छौं कि यो हामी हाम्रो तर्फबाट समाज कल्याणका लागि र किशोर किशोरीहरुको समर्थनको लागी गर्दैछौँ ।’

ग्लोकल प्रालिका कार्यकारी निर्देशक आशिष ठाकुरले वाईवाई जस्तो प्रख्यात ब्रान्डसँग जोडिएर ग्लोकल टिन हिरोको नाम अघि बढाउँदा खुशी रहेको बताए । उनले भने, ‘सिजी फुड्ससँगको सम्झौताले अझै उर्जा थपेको छ । हामीले तीन बर्षदेखि गर्दै आएको काममा सफल भएका छौँ ।’

पहिलो दोस्रो र तेस्रो बर्षको राम्रो प्रतिक्रियाले ग्लोकल टिन हिरोको कार्यत्रमलाई थप प्रोत्साहन मिलेको भन्दै आयोकले यसले किशोर किशोरीहरुलाई उत्प्रेरित र सशक्तिकरण गरेर उनीहरुको उत्साह, रचनात्मक सुरुवातको राष्ट्रिय सम्मान गरेको जनाएको छ । अझै उर्जाका साथ यो वर्षको वाईवाई ग्लोकल टिन हिरो लागि आवेदन आउँदो वैशाख २२ मा खुल्नेछ ।

Advertisement

Advertisement

Advertisement