सिटी एक्सप्रेस मनी ट्रान्सफरको सेवा अब कुवेत बाट पनि सुरु

Advertisement

कठमाडौंः सिटी एक्सप्रेस मनी ट्रान्सफरको सेवा अब कुवेतको अल अन्सारी एक्स्चेन्जबाट पनि सुरु भएको छ । सो सेवा अल अन्सारी एक्स्चेन्ज कुवेतको ‘क्यास एक्सप्रेस वल्डवाइड’मार्फत नेपालको सिटी एक्सप्रेस मनी ट्रान्सफरमा सिधै रकम पठाउन सकिने छ ।

अल अन्सारी एक्स्चेन्जको नौ रेमिटान्स सेन्टरहरुबाट नेपालमा सिधै नगद पठाउन सकिने सिटी एक्सप्रेसले जनाएको छ । त्यसरी पठाएको रकम सिटी एक्सप्रेस मनी ट्रान्सफरको पाँच हजार पाँचसय भन्दा बढी भुक्तानी केन्द्रहरुमार्फत सहज तरिकाले भुक्तानी लिन सकिने छ ।

अल अन्सारी एक्स्चेन्जका उच्च व्यवस्थापन पक्षले सिटी एक्सप्रेससँग सिधा रेमिटान्स सम्झौता भएकोमा खुशीयुक्त गर्दै आगामी दिनहरुमा सिटी एक्सप्रेससँग नयाँ प्रविधिअनुसार सहकार्य गर्दै जाने जानकारी दिए । सिटी एक्सप्रेसले बिगत ११ वर्षदेखि रेमिटान्स सेवा प्रदान गर्दै आएको छ ।

Advertisement

Advertisement

Advertisement