मलाई थोरै बोल्न धेरै काम गर्न दबाब पर्यो– जलस्रोतमन्त्री

Advertisement

काठमाडौंः नवनियुक्त उर्जामन्त्री बर्षमान पुनले थोरै बोल्न धेरै काम गर्न आफूलाई दबाब रहेको बताएका छन । नेपाल आर्थिक पत्रकार समाजले शुक्रबार आयोजना गरेको कार्यक्रममा उनले बोल्नभन्दा काम गर्न ध्यान दिने बताए ।

मन्त्री पुनले धेरै बोल्दा पनि धेरै बोल्यो काम गरेन भनेर आलोचना हुने भएकाले आफ्नो ध्यान काम गर्नतर्फ रहने भन्दै आफनो मन्त्रालयलाई देश संवृद्ध बनाउने मुल मन्त्रालय बनाउने बताए ।

उनले नेपालमा उत्पादित बिजुली खेर नजानेगरी आन्तरिक बजारको निर्माण गर्ने भन्दै त्यसका लागि प्रशस्त मात्रामा उद्योगधन्दा र यातायात सञ्चालन गरिने बताए । पुनले आफूहरुको पृष्टभूमि कम्युनिष्ट भएपनि लोकतन्त्र र उदार अर्थव्यवस्थाप्रति प्रतिवद्ध रहेको भन्दै राष्ट्रिय हितलाई सोचर काम गर्ने बताए ।

जोखिम लिएर जलविद्युतमा लगानी गर्ने स्वदेशी विदेशी लगानीकर्तालाई सरकारले प्रोत्साहन गर्ने तर निजी क्षेत्र पनि इमान्दार हुनुपर्ने र सरकारलाई सहयोग गर्नुपर्ने बताए ।

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इप्पानका अध्यक्ष शैलेन्द गुरागाईंले हरेक सरकार र मन्त्रीले नयाँ नीति र कार्ययोजना ल्याउने भन्दा बनेकै कुरालाई कार्यान्वयनमा ध्यान दिनुपर्ने बताए । उनले कहिले सात बर्षमा १७ हजार कहिले २० बर्षमा २५ हजार भन्नुभन्दा १० बर्षमा १० हजार मेगावाटको ९९ बुँदे कार्ययोजनालाई नै कार्यान्वयन गरेर जाँदा उचित हुने उनले बताए ।

गुरागाईंले स्थायी सरकार बनेकाले उर्जा उत्पादनमा वृद्धि हुने आशा पलाएको बताए । उनले उर्जाको विकासविना आर्थिक विकास हुँदैन भन्ने कुरा अन्य मुलुकको उदाहरण हेरर पनि थाहा हुने भन्दै नेपालमा भने संवृद्धिको सपना उर्जाविना गर्छु भनेर सोच्नु खुटटा बाँधेर दौडिनु जस्तै हो भने । कार्यक्रममा इप्पानका पूर्वअध्यक्ष खडग विष्ट र पत्रकार भीम गौतमले कार्यपत्र प्रस्तुत गरेका थिए ।

Advertisement

Advertisement

Advertisement