अष्ट्रेलियाको समुन्द्रमा १५० बढी ह्वेलहरु मृत भेटिए

Advertisement

एजेन्सी: अष्ट्रेलियाको हेमिलिन बे नामको समुद्रमा शुक्रबार बिहान सयभन्दा बढी ह्वेलहरु समुद्रको किनारमा मरेका अवस्थामा फेला पारेका छन् ।

थाहा पाउनेमा त्यहाँका स्थानीय मानिसहरु जो समुन्द्री तटमा माछा मर्न गएका थिए ।

सञ्चारमाध्यमहरुका अनुसार उक्त समुद्र किनारमा १ सय ५० बढी ह्वेलहरु अलपत्र भेटिएका थिए। अहिलेसम्म १ सय बढी ह्वेलहरु मरिसकेका छन् भने जिवित रहेकालाई बचाएर समुद्रमा नै फिर्ता पठाउने प्रयास भइरहेको छ।

ती सबै ह्वेलहरु राति देखि नै किनारको सुख्खा क्षेत्रमा रहेकाले धेरै मरेको हुन सक्ने अनुमान गरिएको छ।

अहिले उक्त स्थानमा ह्वेललाई उद्दार गर्नका लागि उद्दारकर्मीहरु लागेका छन्।

अधिकारीहरुले कसरी त्यत्रो संख्यामा ह्वेलहरु समुद्री किनारमा अलपत्र परे भन्ने निक्र्यौल नभए पनि पानीको तापक्रम परिवर्तन वा चट्याङ्गका कारण भएको हुनसक्ने बताएका छन्।

अधिकांश क्षेत्रफल पानीले घेरिएको अष्ट्रेलियामा यसरी ह्वेलहरु यसअघि पनि मरेका थिए। ९ बर्षअघि पनि सोही समुद्र किनारमा ७२ वटा ह्वेलहरु र एक डल्फिन मृत भेटिएका थिए भने १० वटालाई उद्दारकर्मीले समुद्रमा फिर्ता पठाउन सफल भएका थिए।

Advertisement

Advertisement

Advertisement