बस दुर्घटनामा तीनको मृत्यु, नौ घाइते

Advertisement

मेलम्चीः काठमाडौँबाट सिन्धुपाल्चोकको मेलम्चीतर्फ जाँदै गरेको बस आज दुर्घटना हुँदा तीनजनाको घटनास्थलमा नै मृत्यु भएको छ । आज दिउँसो २ बजे मेलम्ची नगरपालिका–१२ तामाखानीमा बस दुर्घटना भएको मेलम्ची इलाका प्रहरी कार्यालयले जनाएको छ ।

आमाहेल्मो यातायातको बा३ख४३२५ नंको बस दुर्घटनामा मृत्यु भएका तीनजनामध्ये मेलम्ची नगरपालिका–१० का ४० वर्षीय चन्द्रबहादुर देउजाको मात्र सनाखत भएको छ भने दुईजनाको सनाखत हुन बाँकी छ ।

बसमा सवार ३५ जनामध्ये नौजना घाइतेको काठमाडौँस्थित नेपाल मेडिकल कलेज र मेलम्चीस्थित क्षेत्रीय अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक पर्शुराम मल्लले जानकारी दिए ।

Advertisement

Advertisement

Advertisement