नेपालकै ठूलो इलेक्ट्रोनिक्स शोरुम कुमारीपाटीमा

Advertisement

काठमाडौंः नेपालकै सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स शोरुम 'सनराइज इलेक्ट्रोनिक्स बजार' कुमारीपाटीमा सञ्चालनमा आएको छ । सनराइज इलेक्ट्रोनिक्स बजार प्रालिले सञ्चालनमा ल्याएको यस शोरुमको ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले उदघाटन गरे ।

शोरुममा लोकप्रिय अन्तर्राष्ट्रिय ब्राण्डहरु एलजी, सामसङ, गाद्रेज, टिसिएल, सिजी, स्काइवर्थ, कलर्स, हिटाची, हाइसेन्स, वर्लपुल जस्ता बाण्डहरु खरिद गर्न सकिने छ । चार हजार वर्गफिटको भवनको पहिलो र दोसो तलामा फैलिएको यो शोरुम नेपालकै सबैभन्दा ठूलो भएको कम्पनीका प्रवन्ध सञ्चालक सफाकत अलीले बताए ।

शोरुम शुभारम्भको अवसरमा ग्राहकहरुलाई विभिन्न इलेक्ट्रोनिक्स ब्राण्ड हेरेर १५ देखि ४० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको उनले बताए । इलेक्ट्रोनिक्स व्यवसायमा २५ बर्षभन्दा बढिको अनुभव हासिल गरेका अलीले पहिलेदेखि नै कालिमाटीमा सनराइज नेपाल इलेक्ट्रोनिक्स प्रालि नामको अर्को कम्पनीमार्फत एलजीलगायतका इलेक्ट्रोनिक्स सामानहरुको शोरुम सञ्चालन गर्दै आएका थिए ।

sunrise-electronics-bazar1बोनस अफरको रुपमा सनराइज इलेक्ट्रोनिक्स बजारले एक लाख रुपियाँभन्दा बढिको खरिदमा १.८ लिटरको राइसकुकर, डेढ लाख भन्दा बढिको खरिदमा सिजी डिस्पेन्सर, दुई लाख रुपियाँभन्दा बढिको खरिदमा दुई वटा वर्नर ग्यास स्टोभ र तीन लाख रुपियाँभन्दा बढिको खरिदमा एक हजार चारसय वाटको भ्याक्युम क्लिनर निःशुल्क उपहारको व्यवस्थासमेत गरेको छ ।

कार्यक्रममा मेयर महर्जनले नगरको विकास र नगरवासीको सुविधाका लागि सनराइज इलेक्ट्रोनिक्स बजार जस्ता शोरुमहरु अरु पनि आवश्यक छ भन्दै यस्ता शोरुमहरु सञ्चालन गर्न महानगरपालिकाले सहयोग गर्ने प्रतिवद्धता जनाए ।

Advertisement

Advertisement

Advertisement