कैलाश सर्भिसेजको नयाँ हेलिकप्टरले भोलिदेखि व्यवसायीक उडान थाल्ने

Advertisement

काठमाडौंः नेपाल नागरिक उड्यन प्राधिकरणले कैलाश हेलिकप्टर सर्भिसेजलाई शुक्रबारदेखि नयाँ हेलिकप्टर सञ्चालनको अनुमती दिएको छ । कम्पनीले प्राधिकरणको अनुमती पाएपछि शनीबारबाट उडान सुरु गर्ने जनाएको छ ।

कैलाशले एयरबस कम्पनीको फ्रान्समा निर्मित नयाँ एस३५० जहाज नेपाल भित्र्याइसकेकाले उक्त जहाजबाट नै सेवा सुरु गर्ने भएको छ । भित्र्याइएको हेलिकप्टरले २३ हजार फिटसम्मको उचाइमा उडान भर्न सक्ने कम्पनीको दाबी रहेको छ । साथै, कम्पनीले निकट भिविश्यमा अर्को जहाज नेपाल भित्र्याउने लक्ष्य राखेको बताएको छ ।

आफ्नो सेवाले नेपालको पर्यटन उद्योग र अत्यावश्यकीय सेवाका क्षेत्रमा योगदान पुग्ने कम्पनीले बताएको छ । देशका जुनसुकै भागमा रहेका विरामीलाई तत्काल उपचारको लागि पुर्याउने, कर्पोरेट फ्लाइट, ह्युमन स्लीङ अप्रेसन्स, हाइअल्टिच्युट अप्रेसन लगाएतका क्षेत्रमा कम्पनीले सेवा प्रदान गर्ने छ ।

साथै, एरियल सर्भे, दृश्यावलोकन, माउन्टेन फ्लाइट, स्पेशल एडभेञ्चर मिसन लगायत क्षेत्रमा पनि सेवा दिने बताएको छ ।

Advertisement

Advertisement

Advertisement