दुई बर्षमा काठमाडौंमा रेल र समुन्द्रमा पानीजहाज कुँदाउने ओलीको अठोट, आफूलाई नउँडाउन आग्रह

Advertisement

काठमाडौंः प्रधानमन्त्री केपी ओलीले आगामी दुई वर्षभित्रमा राजधानी काठमाडौँ उपत्यकामा रेल कुदाएर देखाइदिने भन्दै धेरैलाई आश्चर्यमा पारेका छन ।

राष्ट्रिय औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनीको शुक्रबार भृकुटीमण्डपमा उद्घाटन गर्दै उनले आगामी दुई वर्षमा काठमाडौँ उपत्यकामा रेल र समुद्रमा नेपाली झण्डासहितको पानी जहाज चलाउने दोहोर्रयाए ।

उनले नयाँ परिस्थितिमा देखिएका चुनौतीलाई सामना गरेर अगाडि बढ्ने बताउँदै समृद्धिका लागि कुनै कसर बाँकी नराख्ने बताए । सर्वाधिक रोजगारी सिर्जना गर्ने लघु तथा घरेलु उद्योगका क्षेत्रलाई प्राथमिकताका साथ अगाडि बढाउने ओलीको प्रतिबद्धता छ ।

उनले देश बनाउन आफू र आफनो टिमको अठोट छ भन्दै मुलुक समृद्धिको बाटोमा अघि बढ्ने कुरामा शंका नगर्न आग्रह गरे । ओलीले सकारात्मक परिवर्तनका लागि अभियानसहित सरकारले विविध कार्यक्रम ल्याउने बताए ।

प्रधामन्त्री ओलीले आफूले बोलेका र आँटेका काम गरेरै देखाउने बताउँदै आफ्ना प्रतिबद्धतालाई नउडाउन आग्रह गरे । उद्योगी तथा व्यवसायीको मनोबल कमजोर हुन नदिने बताउँदै उनले आआफ्ना विशेषताअनुसारको उद्योग र उद्यमशीलतालाई प्रवर्द्धन गरेर अघि बढ्ने दाबी गरे ।

Advertisement

Advertisement

Advertisement