टिसिएलको स्मार्ट टिभीमा विशेषतै विशेषता

Advertisement

काठमाडौंः बजारमा विभिन्न टेलिभिजन ब्राण्डहरुले नयाँ नयाँ प्रविधिका सुविधाजनक टेलिभिजनहरु ल्याउने प्रतिस्पर्धा होड चलेको छ । यसै होडमा परिचित अन्तर्राष्ट्रिय ब्राण्ड टिसिएलले पनि आफ्ना उत्पादनहरु परिस्कृत गर्दै नेपाली बजारमा ल्याएको छ ।

स्मार्ट टिभी के हो ?
स्मार्ट टिभीको उत्पादन ९० को दशकमा भएको पाइन्छ । तर, स्मार्ट टिभी के हो भन्ने कुराको व्याख्या कसैले पनि गरेको पाइन्न । टिभीमा इन्टरनेटको प्रयोग गर्न मिल्ने र विभिन्न सञ्जालहरु चलाउन मिल्ने भएकोले स्र्माट भनिएको हो ।

जति जति नयाँ स्मार्ट टिभीहरु उत्पादन हुन्छ, त्यति नै नयाँ टिभीका एप्लिकेशनहरु अपग्रेड भएर आएका हुन्छन । त्यसैले टिभीको स्मार्ट फिचरहरु पनि विभिन्न भर्सनमा आउने गर्दछ ।

स्मार्ट टिभीमा हुनुपर्ने विशेषता

  • टिभी ब्राउजर, जसबाट विश्वका कुनै पनि वेभसाइटहरु एक्सेस गर्न मिल्छ ।

  • विभिन्न एप्लिकेशनहरु फेसबुक, यूट्यूव आदि चलाउन मिल्ने ।

  • इन्टरनेटको प्रयोग गरी विश्वमा विभिन्न सामाजिक सञ्जालहरु पनि सहज तरिकाले चलाउन मिल्ने ।

  • स्मार्ट डिभाइसहरुसँग स्मार्ट सियरिङको अप्शन हुनुपर्ने ।


के छ टिसिएलको स्मार्ट टिभीमा ?
अन्तर्राष्ट्रिय मान्यता प्राप्त विश्वको तेस्रो ठूलो टिभी ब्राण्ड कम्पनीको रुपमा टिसिएल चिनिन्छ । यस ब्राण्डले नयाँ नयाँ उत्पादनमार्फत ग्राहकमाझ आफ्नो आकर्षक बढाउँलै लगेको छ । टिसिएलका स्मार्ट टिभीहरुमा निम्नअनुसारका विशेषताहरु पाइन्छ ।

  • टिभी ब्राउजर, यूट्युव एप, फेसबुक एप आदि ।

  • एपस्टोरः टिसिएलको आफ्नै एप्लिकेशन स्टोर (गुगलको प्लेस्टोर तथा एपस्टोर जस्तै, जसमा विभिन्न एन्ड्रोइडका एप्लिकेटरहरुः गेम, सामाजिक सञ्जालहरु सजिलै डाउनलोड तथा स्न्टल गरी चलाउन सकिने)

  • वायरलेस मोनिटरिङ र स्क्रिन मोनिटरिङबाट स्मार्ट डिभाइस (मोवाइल, ट्यावलेट, ल्यावटप)को स्क्रिनलाई जस्ताको तस्तै डुब्लिकेट गरेर टिभीको ठूलो स्क्रिनमा हेर्न सकिने ।

  • वाइफाइ डाइरेक्टको प्रयोग गरी कुनै मोवाइल (एन्ड्रोइड वा आइओएस)को मेडिया ठूलो स्क्रिनमा हेर्न सकिने ।

  • टिभीमा रहेको छ जिबीसम्मको इन्टरनल मेमोरी सजिलै प्रयोग गर्न सकिने, जसमा कुनै पनि मुभी, म्युजिक, इमेज र महत्वपूर्ण डकुमेन्ट कपी गरेर राख्न सकिने ।


यसका साथै टिसिएलको स्मार्ट टिभीमा दुईतर्फी अडियो ब्लुतुथको अपग्रेड फ्याक्शन रहेको छ । यसबाट टिभीको अडियोलाई ब्लुतुथ स्पिकरमा सुन्न सकिने र मोवाइलको ब्लुतुथबाट टिभीमा अडियो सुन्न सकिने नेपालमा टिसिएलको आधिकारिक बिक्रेता चौधरी ग्रुपअन्तर्गतको सिजी इलेक्ट्रोनिक्सले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement