भ्रष्टाचार मुद्दामा लालु यादवलाई १४ बर्ष जेल सजाय

Advertisement

राँची, झारखण्डः भारतीय जनता दल (आरजेडी)का सर्वोच्च नेता लालु यादवलाई चारा घोटाला काण्डमाथिको मुद्दामा दोषी ठहर गर्दै १४ बर्ष जेल सजाय र ६० लाख भारतीय रूपियाँ जरिवाना गर्ने निर्णय भारतीय केन्द्रीय अनुसन्धान विभाग, विशेष अदालतले सुनाएको छ ।

उनी सन् १९९० तिर सत्तामा रहेका समय दुम्का राज्यकोषबाट ३ करोड १३ लाख भारतीय रूपैँया बराबरको सम्पत्तीको दुरुपयोग गरेको आरोप छ ।

सिबिआईका न्यायाधीश शिवपाल सिंहले बिहारका पूर्व मुख्यमन्त्री यादवलाई भारतीय दण्ड संहिता (आईपीसी) तथा भ्रष्टाचार निवारण अधिनियम उल्लङ्घनका दुई फरक फरक अभियोगमा सात सात बर्ष गरी १४ बर्ष जेल सजाय तोकिदिएको बताए ।

पूर्व मुख्यमन्त्री तथा भारतीय राजनीतिमा चर्चित व्यक्ति यादवका सल्लाहकार प्रभात कुमारले निर्णयपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै विशेष अदालतको निर्णयमाथि भारतीय उच्च अदालतमा पुनरावेदन गर्ने बताए ।
अदालतको यही मार्च १९ मा भएको सुनुवाईले ६९ बर्षीय आरजेडीका प्रभावशाली नेता यादवसहित १८ जनालाई उक्त काण्डमा दोषी ठहर गरेको छ ।

अदालतले सोही आरोपमा मुद्दा खेपिरहेका बिहारका अर्का पूर्व मुख्यमन्त्री जगन्नाथ मिश्रसहित १२ जनालाई निर्दोष ठहर गरेको छ ।

यादवलाई यस्तै आर्थिक हिनाविनाको अर्को एक मुद्दामा दोषी ठहर गर्दै गत बर्षको डिसेम्बर २३ देखि बिर्सामुन्डा जेल राँचीमा कारागार जीवन विताइरहेका छन ।

यादवको स्वास्थ्यमा समस्या देखिएपछि हाल राँचीस्थित राजेन्द्र इन्स्टिच्युट अफ मेडिकल साइन्स (रिम्स)मा उपचार गराइरहेका छन ।

Advertisement

Advertisement

Advertisement