अदालतको आदेश मानेर एन्फाको निर्वाचन रोकिए कारबाही गर्छौः फिफा

Advertisement

काठमाडौंः तोकिएको समयमा निर्वाचन नभए अखिल नेपाल फुटबल संध (एन्फा) लाई कारबाही गर्ने चेतावनी अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले दिएको छ । एन्फविरुद्ध परेको मुद्धाको सुनुवाई गर्दै अदालतले हुन लागेको एन्फा निर्वाचन तत्काल रोक्न भनेपछि एन्फाले चेतावनी दिएको हो ।

मकवानपुरका पूर्व अध्यक्ष र भक्तपुरका फुटबल संघका अध्यक्ष गौतम सुजखूले एन्फाविरुद्ध हालेको मुद्धालाई फिफाले अवैधानीक भनेको छ । उनीहरुले एन्फाको निर्वौचन भएमा आफुहरुको अधिकार हनन् हुने भन्दै निवेदन दिएपछि उच्च अदालत पाटनले शुक्रबार तत्कालका लागि चैत १४मा चुनाव नर्गन आदेश दिएको थियो ।

साथै, न्याधीस राजकुमार वनको एकल इजलासले १५ दिनभित्र लिखित जवाफ अदालतमा पेस गर्न आदेश दिएको थियो । अदालतको आदेशपछि एन्फाले एएफसी र फिफालाई त्यसबारे जानकारी गराउँदै निर्वाचन सार्ने बताएको थियो । उक्त जानकारी पाएपछि फिफाले एन्फाले तोकिएको समयमानै निर्वाचन नगरेमा कारबाही गर्ने चेतावनी दिएको हो ।

फिफाले एन्फालाई पछिल्लो विशेष अधिवेशनले पारित गरेको विधानलाई उल्लेख गर्दै एन्फालाई पठाएको पत्रमा व्यवस्था नगरिएका बाहेकमा सदस् संघ सामन्य अदालत जान प्रतिबन्धित रहेको पनि जानकारी गराएको छ ।

फिफाले एन्फाले एकतर्फी निर्णय गरेमा हामीसँग भएको फिफाको विधानअनुसार अगाडी बढ्नका लागि सिफारिस गर्नुको विकल्प हुन्न भनेको छ । यदी फिफको विधान उल्लघंन गरेमा धारा १४ अनुसार कारबाही हुने जानकारी गराएको छ ।

मणि कुँवर र कर्माछिरिङ शेर्पा प्यानलसहित एन्फाको अध्यक्षमा भिड्दैछन् ।

Advertisement

Advertisement

Advertisement