आगलागीबाट तीन लाख बराबरको क्षति

Advertisement

राजविराजः सप्तरीको छिन्नमस्ता गाउँपालिका–३ स्थित गोविन्दपुरमा गएराति आगलागी हुँदा तीन लाख रुपियाँ बराबरको धनमाल क्षति भएको छ । स्थानीय रमानन्द झाको घरमा खाना पकाउने क्रममा आगलागी हुँदा निजको एउटा घर र एउटा गाई गोठ (गोहाली) जलेर नष्ट भएको छिन्नमस्ता इलाका प्रहरी कार्यालयले जनाएको छ ।

आगलागीबाट खाद्यान्न, लत्ताकपडा, भाँडावर्तन र नगद जिन्सी गरी तीन लाख रुपियाँ मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आगोलाई प्रहरी, स्थानीयवासी र राजविराज नगरपालिकाबाट गएको वारुण यन्त्रले नियन्त्रणमा लिएको थियो ।

Advertisement

Advertisement

Advertisement