पर्यटकीय स्थल काहुँ धरहरा पर्यटकको पर्खाइमा

Advertisement

पोखराः पर्यटकीय नगरीका रूपमा ख्याति कमाएको पोखरा शहर र फेवातालसहित सेताम्य टल्कने हिमालको एक साथ अवलोकन गर्न सकिने स्थल हो काहुँ धरहरा । पोखराका समान उचाइका उस्तै दृश्य देखिने सराङकोट, विश्वशान्ति स्तुप जस्ता स्थानमा पर्यटकको ओइरो लाग्ने गरे पनि रमणीय स्थल काहुँ धरहरा अझै पनि पर्यटकको पर्खाइमा रहेको छ ।

२०२६ सालमा निर्मित काहुँ धरहरा क्षेत्रमा अझै पनि अपेक्षित पर्यटक भित्र्याउन नसकिएको काहुँकोट देउराली तथा धरहरा संरक्षण समितिका अध्यक्ष इन्द्रबहादुर गुरुङले बताए । उनका अनुसार पोखराको सबैभन्दा नजिक लालीगुँरास फुल्ने यस स्थानमा अवस्थित दुई तल्ले धरहरामा गत वर्ष १२ हजार आन्तरिक तथा बाह्य पर्यटकले टिकट काटेर अवलोकन गरेका थिए । यहाँ विशेषतः शुक्रबार र शनिबार दिउँसोको समयमा बढी पर्यटक आउने गरेका छन् ।

“पोखरा लेखनाथ महानगरपालिका–२१ मा पर्ने धरहरामा प्रवेशका लागि विद्यार्थी र सर्वसाधारणका लागि २० रुपियाँ र बाह्य पर्यटकका लागि ५० रुपियाँ टिकटको व्यवस्था गरिएको छ,” उनले भने । “आवश्यक भौतिक पूर्वाधार तयार भएर पनि सम्बन्धित निकायको उचित ध्यान पुग्न नसक्दा काहुँ धरहराले पर्यटकीय विकासमा फड्को मार्न सकेको छैन ।”

समुद्री सतहबाट एक हजार ४४३ मिटरको उचाइमा रहेको काउँकोटमा अवस्थित धरहराबाट अन्नपूर्ण, माछापुच्छ्रे, धवलागिरि लगायतका हिमशृंखलाका साथै सूर्योेदय र सूर्यास्तको मनमोहक दृश्य हेर्न सकिन्छ । पोखराको चापापानीबाट लगभग साढे सात किलो मिटर लम्बाइमा रहेको धरहरासम्म पुग्नका लागि सडक विभागबाट १२ करोड ९५ लाख रुपियाँको लागतमा एकतर्फी ढलसहित पक्की मोटर बाटो निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

पांँच दशकअघि निर्माण भएको धरहरा जीर्ण बन्दै गएको हुँदा यसको गुरुयोजना तयार गरी पुनः निर्माण गर्न महानगरमा योजना पेश गरिएको पोखरा–११ का वडा सदस्य मीनबहादुर गुरुङ बताउछन् । पाँच तल्ले धरहरा निर्माण गरेर दृश्यावलोकनका लागि दुई वटा दूरदर्शक यन्त्र राखेर आन्तरिक एवम् बाह्य पर्यटकको आकर्षण बढाउन सके यस क्षेत्रको समग्र विकासका साथै थप पर्यटकीय गन्तव्यका रूपमा विस्तार गर्ने सोचका साथ योजना अगाडि बढाइने उनले जानकारी दिए ।

धारापानी सामुदायिक वन क्षेत्रमा ढ%A

Advertisement

Advertisement

Advertisement