डीपीएलको सर्वोत्कृष्ट खेलाडीलाई सुनको जुत्ता !

Advertisement

धनगढीः नेपालकै सार्वधिक पुरस्कार राशीको क्रिकेट प्रतियोगिता धनगढी प्रिमियर लिग (डीपीएल)को सर्वोत्कृष्ट खेलाडीले गोल्डेन बुट पाउने भएको छ । आयोजक धनगढी क्रिकेट एकेडेमीले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई सुनको जुत्ता दिने घोषणा गरेको हो ।

गोल्डस्टार जुत्ताको उत्पादक किरण सुज म्यानुफ्याक्चर्सले प्रायोजन गर्ने भएपछि डीपीएल क्रिकेटको सर्वोत्कृष्ट खेलाडीलाई सुनको जुत्ता उपलब्ध गराउने आयोजकले जनाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी डीपीएलको प्राविधिक समितिले चयन गर्ने छ ।

प्रतियोगिताको प्लयर अफ दि सिरिजलाई टीभिएस मोटरसाइकल उपहार दिने डीपीएलले बताएको छ । डीपीएलसँग किरण सु ले प्रायोजन गरेबापत गोल्ड स्टारले आयोजकलाई १६ लाख रुपियाँ बराबरको सहयोग प्रदान गर्ने छ ।

Advertisement

Advertisement

Advertisement