नेपाल टेलिकिमलाई २३०० सय ब्याण्डको फ्रिक्वेन्सी अनुमति, फोरजी चलाउन सकिने

Advertisement

काठमाडौंः नेपाल दूरसञ्चार प्राधिकरणले सरकारको समेत लगानी रहेको नेपाल टेलिकमलाई प्रविधि तटस्थताअन्तर्गत २३०० ब्याण्डको फ्रिक्वेन्सी प्रयोगको अनुमति दिएको छ । यस अनुमतिमार्फत कम्पनीले फोरजी समेत चलाउन सक्नेछ ।

यसअघि वाइम्याक्स प्रविधि सञ्चालनका लागि कम्पनीले प्रयोग गर्दै आएको यो प्रविधि अब मोबाइल सेवा सञ्चालन गर्नेगरी केही दिनअघि अनुमति दिइएको हो । २३०० ब्याण्डमा ३० मेगाहर्जको फ्रिक्वेन्सी प्रयोग गर्नका लागि प्राधिकरणले कम्पनीलाई अनुमति दिएको हो ।

प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालका अनुसार टेलिकमले वाइम्याक्समा प्रयोग गरिरहेको फ्रिक्वेन्सी नै प्रविधि तटस्थताअन्तर्गत मोवाइलमा प्रयोग गरी त्यसमा फोरजी मोबाइल सेवा सञ्चालन गर्न सक्नेगरी अनुमति दिइएको हो ।

Advertisement

Advertisement

Advertisement