अर्थमन्त्रीको बचनले पुँजीबजार झन प्रभावित, सामाजिक सञ्जालमा खतिवडाको आलोचना

Advertisement

काठमाडौंः लामो समयदेखि ओरालो लाग्दै आइको सेयर बजार नयाँ सरकार र विशेषगरी नयाँ अर्थमन्त्री आएपछि सुधार आउने आशामा रहेको बेला अर्थमन्त्री डा. युवराज खतिवडाका विवादास्पद अभिव्यक्तिले झन प्रभावित भएको छ ।

अर्थमन्त्री खतिवडाले आइतवार विराटनगरको एक व्यवसायिक कार्यक्रममा सेयर बजारमा लगानी नगर्न आव्हान गरेपछि सोमबार त्यसको गहिरो प्रभाव देखिएको छ । केही दिनअघि पनि खतिवडाले पुँजीबजार र घरजग्गाको कारोबार अनुत्पादक क्षेत्र भएको बताएपछि सेयर बजारमा भारी गिरावट भएकोमा आज झन उच्च दरले बजार घटेको छ ।

अर्थमन्त्रीको अभिव्यक्तिले गर्दा बैंकको ऋण लिएर लगानी गरेका अधिकांश सर्वसाधारण लगानीकर्ताले आत्मविश्वास गुमाएका छन् । आज बिहान बजार खुलेदेखि नै ओरालो लागेको सेयर बजार तीन प्रतिशत घटेपछि सर्किट ब्रेक नै लगाउनुप्यो ।

खुलेको एक घन्टा भित्र तीन प्रतिशतले घटेमा वा बढेमा बजार १५ मिनेटका लागि कारोबार रोक्नुपर्ने नियम छ । सर्किट ब्रेकपछि खुलेको बजारमा तीब्र गिरावट भएपछि लगानीकर्ताहरु निराश बनेका छन । दिनभरि नै सामाजिक सञ्जालहरुमा अर्थमन्त्रीप्रति लगानीकर्ताको आलोचनात्मक प्रतिक्रियाहरु आएका थिए । लगानीकर्ताको लगानीको संरक्षण गर्नुपर्ने जिम्मेवार व्यक्तिले गैरजिम्मेवार अभिव्यक्ति दिएको उनीहरुको टिप्पणी छ ।

Advertisement

Advertisement

Advertisement