अर्थमन्त्रीको अभिव्यक्तिको गहिरो प्रभाव बजारमा, नेप्सेमा एकैदिन भण्डै ५२ अंकको गिरावट

Advertisement

काठमाडौंः अर्थमन्त्री डा. युवराज खतिवडाले सेयर बजारका विषयमा विवादास्पद अभिव्यक्ति दिएको भोलिपल्ट बजारमा भारी गिरावट भएको छ । एकै दिन नेप्से भण्डै ५२ अंकले घटेर एक हजार १६८ अंक कायम भएको छ ।

नेप्सेमा एकै दिन यति उच्च दरको गिरावट भएको निकै समयपछि हो । नेप्से एकै दिन चार दशमलव २५ प्रतिशतले घटेको छ भने सबै समूहममा उच्च दरको गिरावट भएको छ । यद्यपि कारोबारमा भने वृद्धि भएर ४७ करोड रुपियाँभन्दा बढिको कारोबार भएको छ ।

नेप्सेमा तीन प्रतिशतभन्दा बढिको गिरावट भएपछि सर्किट ब्रेक लागे पछि त्यसपछि सुचारु भएको बजारमा कुनै सुधार आउन सकेन । आज कुल १५७ कम्पनीको कारोबार भएकोमा नाफा गर्ने कम्पनी जम्मा दुई वटा छन् । जसमा प्रोग्रेसिभ फाइनान्स र स्वदेशी लघुवित्त वित्तीय संस्था छन । आज सबैभन्दा बढि कारोबार गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी छ ।

अर्थमन्त्री डा. युवरा खतिवडाले आइतबार विराटनगरमा सेयर बजारमा थप लगानी गरेर जोखिम नलिन सुझाव दिएपछि घट्दो ट्रेण्डमा रहेको सेयर बजारमा एकै दिन भारी गिरावट भएको हो ।

Advertisement

Advertisement

Advertisement