हलमा ‘शत्रु गते’को धमाका, तीन दिनमा तीन करोड बढीको व्यापार

Advertisement

काठमाडौंः शुक्रबारदेखि देशभर प्रदर्शनमा आएको चलचित्र ‘शत्रु गते’ले प्रदर्शनमा आएको तीन दिन भित्रमा आक्रमक व्यापार गरेको छ । चलचित्रले शनिबार र आइतबारको सार्वजनिक विदाको सदुपयोग गर्दै आक्रमक कलेक्शन गरेको हो ।

‘शत्रु गते’ले प्रदर्शनमा आएको दिन शुक्रबार करिब ७० लाख रुपियाँको व्यापार गरेको थियो । तर, चलचित्रले सार्वजनिक विदा परेको शनिबार र आइतबार भने ठुलो रकमको ब्यापार गरेको छ ।

चलचित्रका निर्माता किरण केसीले शनिबारमात्र ‘शत्रु् गते’ले देशभरबाट एक करोड ४३ लाखको व्यापार गरेको जानकारी दिए । आइतबार सार्वजनिकर बिदाको दिनमा चलचित्रले एक करोड १२ लाख रुपियाँको व्पार गरेको निर्माता केसीले बताए ।

काठमाडौंका मल्टिप्लेक्सका हलहरुले चलचित्रको व्यापार गराउन महत्व पुर्या योगदान दिएका छन् । तर, काठमाडौं बाहिर मोफसलका हलहरुमा भने चलचित्रले उत्कृष्ट कमाई गर्न सकेको छैन् ।

चलचित्रलाई प्रदिप भट्टराईले निर्देशन गरेका हुन् । चलचित्रमा मदनकृष्ण्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, प्रियंका कार्की, पल शाह, आँचल शर्मा लगायतका कलाकारको अभिनय रहेको छ ।

Advertisement

Advertisement

Advertisement