‘ट्रेडिश्नल प्रोडक्टहरु बेचेर अब बीमा कम्पनीको व्यापार चल्दैन’

Advertisement

कुनै पनि देशको आर्थिक विकास मापन गर्ने एउटा आधार भनेको त्यो देशका जनताले कति धेरै बिमा गर्छन भन्ने पनि हो । तर नेपालमा अहिले पनि बिमा गर्नेहरुको तथ्याङ्क १० प्रतिशत पनि पुग्न सकेको छैन । बिमा व्यवसाय अपेक्षाअनुसार किन बढन सकेको छैन ? भन्ने विषयमा केन्द्रीत रहेर नेपाल इन्स्योरेन्स लिमिटेडका सिइओ विजयबहादुर शाहसँग कर्पोरेट नेपाल डटकमको साप्ताहिक टेलिभिजन कार्यक्रम कर्पोरेट नेपालमा गरिएको कुराकानीको सारः

यहाँ नेपाल बीमा संघको पूर्वअध्यक्ष पनि । पछिल्लो समयमा कस्तो छ बिमाको बजार ?
पछिल्लो समय नेपालको बीमा क्षेत्र वास्तवमा तरङगीत भएको छ । महाभूकम्पपछि एक्कासी बीमा क्षेत्रमा जनताको चाहना बढ्यो । सरकारले पनि बीमा क्षेत्रबाट केही जोखिमहरु हस्तान्तरण गर्न सकिन्छ कि भनेर अध्ययन गर्यो । बीमा कम्पनीहरु पनि अब हामी शहरमा मात्र बस्न हुँदैन, गाउँ पनि पस्नुपर्छ भन्ने सोचाइ ल्याएकाले अहिले बीमा क्षेत्र तरङगीत भएको छ । पछिल्लो समयमा कम्पनीहरु सहर केन्द्रीत नभई गाउँमा पनि पस्नुपर्छ भन्ने सोचका साथ अगाडी बढिरहेका छन् । बीमा कम्पनीका कर्मचारीहरुमा, अभिकर्ताहरु, प्रतिनिधिहरु पनि एक खालको अब गाउँगाउँमा पस्नुपर्छ भनेर इमान्दारिताका साथ बीमाको दायरा फराकिलो बनाउनुपर्छ, बीमाको बजार विस्तार गर्नुपर्छ भनेर लागिरहेका छन् ।

पछिल्लो समयमा वित्तीय क्षेत्रमा देखिएको तरलता संकुचन, बैंकिङ क्षेत्रले ऋण खुलेर ऋण प्रवाह गर्न नसक्दा जीवन र निर्जिवन बिमा कम्पनीहरु के कति असर परेको छ ?
बीमा बैंकहरुजस्तै देशको आर्थिक क्षेत्रको पाटो हो । हामीले फाइनान्स क्षेत्रको नाम लिँदा बैंक, बीमा र पूँजी बजारको लिन्छौं । त्यसैले आर्थिक क्षेत्रमा आएको सङ्कटले बीमा क्षेत्रलाई पनि प्रभाव पार्छ । बीमा क्षेत्रमा लगानी भएन भने लगानीसँग भएका जोखिम हस्तान्तरण गर्ने कुरा पनि त भएन । जोखिम हस्तान्तरण नगर्ने अथवा जोखिम हस्तानतरण गर्नको लागि समस्या छ भने त्यसले बीमा क्षेत्रलाई प्रभाव पार्छ । बैंकिङ क्षेत्रमा केही महिनादेखि देखिएको तरलताको समस्याले बीमा क्षेत्रलाई प्रभाव पारेको छ । जुन किसिमको वर्षको सुरुवातमा हामीले बीमाको क्षेत्रलाई फराकिलो गर्ने भन्ने अनुमान लगाइएको थियो त्यो अनुमान चाहीं हामीले करेक्सन गर्नुपर्छ ।

अहिले पनि १० बिमा पहुँच १० प्रतिशत जनतासम्म पनि पुगेको छैन भनिन्छ । बिमाको बजार उत्साहजनक ढंगले बढन नसक्नुको कारण के हो ?
मलाई लाग्छ यस मुख्य कारण के हो भने बीमासँग उद्यमशीलता जोडिएको हुन्छ । हामी जसरी उद्ययमशील हुँदै जान्छौं, त्यसपछि हामीले त्यससँग आउने जोखिमलाई बीमासँग हस्तान्तरण गर्दै, जोडिँदै जान्छौं । त्यसैले मलाई लाग्छ हामीहरु अहिले विकासको यात्रामा छौं । आजको दिनमा पनि विकासका काममा उद्यमशीलताले प्राथमिकता पाएको छैन् । हामीहरु जसोतसो निर्वाह गर्ने र बीमालाई अप्सनको रुपमा लिइनुले पनि हामी बाहिर आउन सकेका छैनौं । त्यसो हुदाँ बीमाले प्रभाविकरुपमा बजार विस्तार गर्न नसक्नुमा धेरै कुरा पर्छ । देशमा उद्यमशीलताको विकास गरेपछि साथै जीवनमा जोडिएका हरेक पाटालाई बीमामा जोडन सक्नुपर्छ । केही महिना अगाडीसम्म नेपालमा जम्मा २६ वटा बीमा कम्पनी सञ्चालनमा थिए । त्यसमा नौ जीवन बीमा कम्पनी थिए । बाँकी निर्जीवन बीमा कम्पनी थिए । त्यसमा १० वटा जीवन बीमा कम्पनी थपिए । त्यो थपिनुको कारण के हो भने व्यवसायको दायरा फराकिलो पारौं भन्ने हो । ती सहर केन्द्रित मात्र भएर विस्तार सम्भव हुँदैन । सबै ठाँउमा बीमा कम्पनी सञ्चालनमा आएपछि नयाँ उत्पादन ल्याउछन् । प्रतिस्पर्धा हुन्छ । त्यसैले जीवन बीमा तरंगित भएको छ । निर्जीवन बीमा कम्पनीतर्फ पनि १७ वटामा अहिले तीन नयाँ कम्पनी सञ्चालनमा आएका छन् । कम्पनीहरुले क्रमशः पूँजी वृद्धि गर्दै लगेका छन् । बीमा कम्पनीले हिजोकै दिनका प्रडक्ट बेच्छु र मेरा ट्रेडिस्नल उत्पादन मात्र बजारमा ल्याउछु भन्यो भने लामो समयसम्म अस्तित्वमा बस्न सक्दैनन् । त्यसैले बीमा कम्पनीहरुले पनि अब प्रडक्ट नयाँ ल्याउँदै छन् । आफ्नो विस्तारलाई फराकिलो पार्दैछन् । आफ्नो सेवालाई डाइभर्सिफाइड गर्दैछन् । सबैले बीमाको बारेमा सरोकार राख्नुपर्छ । अनि मात्र बीमाको व्यवसाय विस्तारमा सहयोग पुग्छ ।

यति भन्दै गर्दा पनि बिमाको अपेक्षाकृत विकास हुन सकेको छैन । यसमा कमजोरी धेरै कस्को हो ? बिमा कम्पनीको, बिमा समितिको ? सरकारको ? 
म यसलाई यसरी भन्न चाहान्छु । हो बीमाको विकास चाहे अनुरुपको भएको छैन । र मैले सुरुमै के भने भने बीमाको विकास उद्यमशीलतासँग जोडिएको छ । हाम्रोमा उद्यमशीलताको विकास भर्खर भर्खर हुन लागेको मात्र हो । हामीहरु धेरै चाहीं कस्तो सोचाइबाट गुज्रिर्यौ भने रेन्टको सोचाइबाट ग्रस्त छौं । सकेसम्म जोखिम नमोल्ने, त्यसपछि आफ्नो भएभरको लगानीले घर बनाउने । त्यसबाट आएको जति पनि रेन्ट छ, त्यसबाट जिविकोपार्जन गर्ने सोचाई तपाईं हामीमा रहेको छ । त्यसैले त्यो कन्टेक्स्टमा बीमाको पहुँच धेरै मानिसमा नपुग्नु स्वभाविक छ । म एउटा कुरा के भन्न चाहन्छु भने बीमाको बारेमा दीक्षित देशमा मानिस जन्मनुभन्दा पहिलादेखि बीमा गरिन्छ । बच्चा आमाको गर्भमा रहँदादेखि नै जीवन बीमा हुन्छ । र सरकारले आफ्ना वेलफेयरका कार्यक्रमहरु बीमाको माध्यमबाट ल्याएर आफू चाहीं अरु कुराहरुमा लाग्छ । तर हाम्रोमा के छ भने आजको दिनसम्म सोसियल वेलफेयरका कार्यक्रमहरु सरकार आफैले गर्छ । यस्ता कार्यक्रम बीमाको माध्यमबाट सञ्चालनमा ल्याएर आफू चाहीँ सरकार चलाउनमा कन्सन्ट्रेड भएर बस्नुपर्नेमा आजको दिनमा राज्य आफैं गरिरहेको अवस्था छ । सामाजिक सुरक्षाका कुरा, एजुकेशनका कुरा, मेडिकल बेनिफिटका कुरामा पनि राज्य आफैं सञ्चालन गरिरहेको छ । भोलि यी कुराहरु बीमाको माध्यमबाट सञ्चालनमा ल्याउने बित्तिकै एक खालको तरंग आउँछ । र मलाई एउटा कुरा के खुसी लागेको छ भने ढिला भएपनि यस विषयमा कुरा बाहिर आएको छ र पछिका दिनमा यो कुरा पनि बीमाको माध्यमबाट सञ्चालनमा आउनेछ ।

बिमा कम्पनीहरुमा पनि धेरै समस्या देखिन्छ । बिमा गराउने बेलामा फकाएर हुन्छ कि पछि लागेर हुन्छ गराइन्छ । रिपेमेन्टको बेलामा झुलाउने र दुःख दिने काम हुन्छ भन्ने गुनासो छ नि ? 
मलाई लाग्छ यहाँनेर हाम्रो एक्सपेक्टेशन ग्याप छ । बीमा गर्दा मैले कुन क्षेत्रमा बीमा गरेको छु ? भनेर ग्यान हुन आवश्यक छ । र कम्पनीले पनि यस विषयमा बीमा गरिएको भन्ने कुराको जानकारी गराउन आवश्यक हुन्छ । धेरैलाई लाग्ने गर्या हुन्छ बीमा गरेपछि क्षती पुगेको आधारमा क्षतिपूर्ति आउँछ । के कति क्षति भएको छ ? त्यस अनुरुपको क्षति दिन्छ कम्पनीले । अधिंकाशले जस्तो अवस्थामा क्षति भए पनि बीमा कम्पनीले क्षतिपूर्ती दिनुपर्छ भन्ने सोचाई देखिएको छ । तर रियालिटिमा त्यो होइन । रियालिटिमा के हो भने बीमा कम्पनीले आफूले बहन गरेको क्षतिको आधारमा मात्र क्षतिपूर्ती दिने हो । यहाँनेर बीमा शिक्षाको कमी देखिन्छ । शिक्षाको अभावका कारण बेलाबेलामा ग्राहक र कम्पनीबीच तनाब पनि आउँछ । बीमा कम्पनीले बुझाउन नसक्या हो कि ? मानिसले नबुझेको हो ? यो हाम्रोमा पनि यी गुनासाहरु आइरहेका छन् । यो हामी सबैलाई च्यालेन्ज हो ।

के छ भूकम्पको बेलाको दावि भुक्तानी सक्नुभयो कि बाँकी छ ? 
हामीले सक्यौं । इण्डस्ट्रिले नै करिब करिब ९७, ९८ प्रतिशत जति दाबी भुक्तानी सकिसकेको छ । केही ठूला दाबी चाँही बाँकी छ । जस्को केही कम्पेक्स सिटी छन् । त्यसको दाबी चाँही बाँकी छ । वास्तवमा नेपालले यो छोटो समयमा दाबी भुक्तानी गर्यो । जुन किसिमको सहयोग बीमा कम्पनीहरुको छ, सर्भेयरहरुको छ, त्यो एकदमै प्रशंसनीय छ । त्यत्रो ठूलो क्याटसट्रोफी हुँदा पनि छोटो समयमा नै बीमा कम्पनीले भुक्तानी सक्यो ।

बिमा गर्न त मानिसहरु नै बिमा कम्पनी खोज्दै तपाईहरुकोमा आउनुपर्नेमा अहिले त तपाईंहरु ग्राहक खोज्दै हिंडनुपर्ने बाध्यता छ ? यसको कारण बिमाको महत्व मानिसलाई बुझाउन नसकेर हो वा संसारभरि नै यस्तै हो चलन ? 
मलाई त त्यसमा अन्यथा लाग्दैन । बीमा लार्जली बाएरको कम्पनी हो । हामीले ग्राहकलाई आश्वासन दिने हो । भविष्यमा कुनै भवितव्य भयो भने हामी क्षतिपूर्ती दिन्छौं भनेर ग्राहकसँग पैसा लिन्छौं । हामी ग्राहकसँग जाँदा हामीले उहाँलाई बीमाका कुरामा जानकारी दिन सक्नुपर्छ । र परम्परागत रुपमा के हुन्छ भने उहाँहरुलाई हामीले बीमा कम्पनी वा बैंकहरुले के सोच्थे भने ग्राहकहरु हामीसँग आउनुपर्छ भन्ने सोचाइ थियो । आफ्नो पैसा झिक्नलाई वा दाबीको पैसा झिक्नलाई पनि लाइन लाग्नुपर्छ भन्ने एउटा सोचाई थियो । भोलिका दिनमा तपाईं आफ्नो ल्यापटपमा, मोवाइलबाट आफ्नो पैसा पाउन सक्नुहुन्छ । त्यसकारण अहिले कम्पनीहरु आफै ग्राहककोमा जाँदैछन् ।

७२ सालको भूकम्पपछि बिमाको आवश्यकता र महत्व धेरै नै बढ्यो । अब बजार ह्वात्तै बढ्छ भनिएको थियो । तर त्यो अनुसार बिमा बजार बढन किन नसकेको ? 
हाम्रोमा चलन कस्तो छ भने सबैले आशा गर्छौ तर त्यसका लागि खुला पनि छ । हामीलाई पनि के लागेको थियो भने अब हामी पाठ सिक्छौ र हामीसँग भएको सबै सामानलाई बीमा गर्नेछौं । तर, त्यो अवस्थामा बीमा प्राथमिक्तामा परेको छैन । बीमा त्यति माथि परेको छैन । आफूलाई आवश्यक पर्ने बस्तुमा बीमा धेरै महत्वको कुरा बनेको छैन । आजको दिनमा पनि म तपार्इंलार्इ भन्छु जसको लागि बीमा महत्वको विषय बनेको छ उसले कम बीमा गरेको छ । जसलाई बीमाको आवश्यकता छैन उसले बढी बीमा गरेको छ । जसलाई बीमा नभइ नहुने हो, उसले बीमा नगरेको अवस्था छ । एउटा मल्टिनेशनल कम्पनीले आफ्ना सबै किसिमका बीमा गरेको हुन्छ । उक्त कम्पनीले कुनै कारण आफ्नो कम्पनी घाटामा गएको खण्डमा त्यो नाफा पनि म बीमा कम्पनीसँग लिन्छु भनेर बीमा गरेको हुन्छ । उसले कर्मचारीको पनि बीमा गरेको हुन्छ, सवारीको पनि गर्छ र डिलरको पनि बीमा गर्छ । जबकी त्यो कम्पनीसँग करोड रुपियाँ बराबरको क्षति भएमा आफैं तिर्नसक्ने अवस्था हुन्छ । तर, कोही हामी जस्तो मानिसले भर्खर व्यवसाय सुरु गरेको छ । सबै घर व्यवहार धितोमा राखेर व्यवसाय सुरु गरेको छ । उसले बीमा गर्नको साटो यसलार्इ पन्छाउन पाए हुन्थ्यो भन्ने सोच्छ । त्यसमा आगो लागि वा क्षति भयो भने उसको सारा सम्पती डुब्ने सम्भावना बढी हुन्छ । तर बीमा पन्छाउन खोज्छ ।

बिमा व्यवसाय मुलुकभित्र विस्तार हुन सकेको छैन । कहिले काहीं यसको अन्तर्राष्ट्रियकरण गर्ने कुरा सुनिन्छ । नेपाली कम्पनीहरुले बाहिर गएर सेवा दिनसक्ने अवस्था वा क्षमता छ ? 
बीमा वास्तवमा अन्तर्राष्ट्रिय कम्पनी हो । हामीले जे जति जोखिम यहाँ बहन गर्छौ, बीमा कम्पनीले अन्तर्राष्ट्रियरुपमा गएर रिस्क सेल गरिरहेको अवस्था हो । हामीले हाम्रा जोखिम पुर्नबीमा गछौं र त्यो पुर्नबीमाले फेरि पुर्नबीमा गर्छन । त्यसैले यहाँ सानो घटना भयो भने धेरै संस्थाले घाटा बहन गरिरहेको अवस्था हुन्छ । हिजोका दिनमा हामीसँग क्षमता, जोखिम बहन गर्ने क्षमता कम थियो । त्यसैले हामी हाम्रै पेरिफेरिमा रमाउथ्यौं । भोलिका दिनमा हामी बाहिर गएर पनि बीमा गर्नुपर्ने अवस्था आयो भने र राज्यले त्यसलाई अनुमति गर्यो भने हामी सेवा उद्योगमा पनि बाहिर गएर केही गर्न सक्छौं । हामी बाहिर गएर बीमा गर्न सक्ने क्षमता विकास गर्न आवश्यक हुन्छ । केही क्षेत्रमा गर्न सक्छौ । तर संसार भरी हैन । आजको दिनमा मलेसियामा ७, ८ लाख मान्छे छन् , कतारमा ५, ६ लाख मान्छे छन् । यो सबै जनसंख्यालाई जोड्नु भयो भने करिब २० लाख हुन्छ । उनीहरुको घरपरिवार, सम्पत्ति, छोराछोरी, बा आमा त नेपालमा छन । तर साउ विदेशमा छन् भने त्यहाँ गएर पनि उहाँहरुको नेपालमा रहेको सम्पतिको बीमा गर्न सक्नुपर्छ । बीमाको क्षेत्र विस्तार गर्ने क्रममा कुनै नियमले रोक्न हुदैन, कुनै घेराभित्र पर्नु हुँदैन भन्ने मान्यता म राख्छु । हामीले सोच्ने प्रक्रियामा परिर्वतन गर्न आवश्यक हुन्छ ।

योभन्दा पहिले २६ वटा बिमा कम्पनी थिए । नौ बटा जीवन बिमा, बाँकी निर्जिवन । यो संख्यामा फेरि थपिएका छन् । पूरानै कम्पनीहरुले बिजनेश नपाएको बेला फेरि थप्ने कुरा कति उचित हो ? के लाग्छ तपाईंलाई ? 
मलाई के लाग्छ भने हिजोको दिनमा मान्छेको वेस्ट पर्फमेन्स त्यो बेला देखिन्छ, जुनबेला उसको सोचाइमा परिवर्तन हुन्छ । त्यो बेला सानो पुँजी, सानो मार्केट र आफ्नो परिवेशमा रमाएको, आफ्नो दुनियामा रमाइरहेको अवस्था थियो । अब नयाँ कम्पनी स्थापना हुँदा त्यो परिधिबाट बाहिर आउँछन् । नयाँ प्रडक्ट, नयाँ बीमाका प्रक्रिया आउँछन् । बीमाको पहुँच गाँउगाँउमा जान्छ । यो अवस्थामा नयाँ च्यानल अफ डिस्ट्रिब्युसन आउँछन् र बीमा क्षेत्र तरंगित भइरहेका छन् । भविष्यमा झन तरंगित हुन्छन् । त्यसकारण मलाई त खुसी लाग्या छ ।

बिमामा मर्जर र एक्वीजिशनको संभावना र आवश्यकता कत्तिको छ ? 
मर्जर वा एक्युजेसन या आफै फैलिने । यी के हुन भने फाइनान्सियल पक्ष हुन् । भोलिका दिनमा मिलेर व्यवसाय गरौं भन्ने हिसावले मर्ज हुन सक्ला । तर, अहिले मैले त्यो अवस्था देखेको छैन् । भोलिको दिनमा पुँजीको आकार पनि वृद्दि गर्न पर्यो, म्यानपावरको पनि डेभलपमेन्ट गर्नुपर्यो । त्यो बेला मर्जर पनि आउला ।

अहिले स्वास्थ्य बिमा भनेर जुन नयाँ योजना अघि सारिएको छ । यसको कार्यान्वयन कत्तिको सहज देख्नुहुन्छ ? 
स्वास्थ्य बीमा वास्तवमा एउटा राम्रो पक्ष, पहल हो । त्यसमा कुनै शंंका छैन । न्युन, बेसिक आम्दानी भएका मान्छेहरुले सुलभ मूल्यमा स्वस्थ उपचार पाउनुपर्छ । त्यो चाँही कमभन्दा कम मूल्यमा हुनपर्छ भन्ने मेरो पनि मान्यता हो । त्यसैले सरकारले ल्याएको यो सकारात्मक कदम नै हो । जहाँसम्म बीमामार्फत यो योजनालाई व्यापकरुपमा लग्न सकिन्छ कि सकिदैन ?
वास्तवमा स्वस्थ बीमा बीमा होइन् । सरकारले आफ्नो कुनै डिपार्टमेन्टमार्फत कुनै क्षेत्रका वासिन्दालाई दिइएको स्वास्थ सुविधालाई बीमा भन्न मिल्दैन । बीमाको पनि आफ्नै परिभाषा छ । दोस्रो कुरा मलाई लागेको के भन्दा हामीले वेलफेयरका यस्ता एक्टिभिटिहरु दातृ निकायको सहयोगमा अथवा सरकारले छुट्याएको रकमका आधारमा सञ्चालनमा ल्याएको योजना सधै सञ्चालनमा आउन सक्छन कि सक्दैनन् ? त्यसैले मेरो कन्सेप्ट त के भने यस्ता कार्यक्रमले कन्टिन्युटि पाउन सक्छ कि सक्दैन ? भन्ने हुन्छ । यस्ता कुराले कन्टिन्युटि पाउनुपर्छ । तर सरकारले यस्ता कार्यक्रमलाई कति सम्ममा कन्टिन्युटि दिन सक्छ ? मलाई जानकारी छैन ।

अब तपाईंको नेपाल इन्स्योरेन्स लिमिटेडको कुरा गरौं । नेपाल इन्स्योरन्सको बिगतमा प्रगति त्यति सन्तोषजनक देखिन्न । विवादबाट गुज्रियो । अहिले तपाई आएपछिको स्थिति के छ ?
नेपाल इन्स्योरेन्स नेपालको पहिलो बीमा कम्पनी हो । २००४ सालमा स्थापना भएको नेपाल इन्स्योरेन्स ७० वर्षभन्दा लामो इतिहास छ । नेपाल इन्स्योरेन्सले यो बीचमा विभिन्न अवरोह आरोह झेल्दै आयो । आजको दिनसम्म नेपाल इन्स्योरेन्सले जनताको विश्वास यस्ले पाइरहेको छ । नेपाल इन्स्योरेन्स विगतमा नेपाल बैंकको सहायक कम्पनीको रुपमा स्थापना भएको थियो । नेपाल बैंकले आफ्नो सयको ३६ प्रतिशत अपलोड गरेपछि केही निजी क्षेत्र पनि आएको आएको छ । हिजोको दिनमा नेपाल इन्स्योरेन्स नेपाल बैंकको एक सहायक कम्पनीको रुपमा थियो । तर, आज नेपाल बैंकको पनि सेयर होल्डर र निजी क्षेत्रको पनि लगानी भित्रिएकोले भोलिका दिनमा नेपाल इन्स्योरेन्स चुस्त रुपमा आउने छ । यसले जनताको मन अझै जित्ने छ । नयाँ लगानीकर्ताहरु पनि उत्साहजनक हिसावमा अगाडी बढ्ने भएको छ ।

Advertisement

Advertisement

Advertisement