पुनले भारतीय राजदूतलाई भने– प्रतिस्पर्धामा भारतबाट सस्तो विजुली आयात इच्छुक छौं

Advertisement

काठमाडौंः भारतीय राजदूत मंजिवसिंह पुरीले उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुनसँग भेटी प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणका क्रममा अरुण तेस्रो र पञ्चेश्वर परियोजना अघि बढाउने तयारीमा भारत रहेको जानकारी दिएका छन ।

सोमबार भएको भेटमा मन्त्री पुनले भने भारतबाट आयात भइरहेको विद्युतको हकमा प्रतिस्पर्धा गराई सस्तोमा विद्युत आयात गर्न नेपाल इच्छुक रहेकोे बताएका थिए । हाल नेपालले चार सय मेगावाट विद्युत भारतबाट आयात गरिरहेको छ ।

मन्त्री पुनले वुटवल–गोरखपुर चारसय केभि अन्तरदेशीय प्रशारणलाइन निर्माणमा नेपाललाई सहयोग गर्न पनि राजदूत पुरीसँग आग्रह गरे । राजदूत पुरीले मन्त्री पुनको प्रस्तावप्रती भारत सरकार सकरात्मक रहेको र मोडालिटीको बारेमा छलफल गर्नुपर्ने धारणा राखेको मन्त्री पुनको सचिवालयले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement