सन्दिप दिल्ली हिँडे, फिटनेस र मेडिकल टेस्टपछि अभ्याशमा सामेल हुने

Advertisement

काठमाडौंः नेपाली राष्ट्रिय टोलीका युवा खेलाडी सन्दिप लामिछाने विश्वकै चर्चीत र व्यवसायीक क्रिकेट लिग इन्डियन प्रिमियर लिग (आइपीएल) खेल्न आज (मंगलबार) दिल्ली प्रस्थान गरेका छन् । उनी अप्रिल ७ देखि सुरु हुने प्रतियोगिताको अभ्यासका लागि दिल्ली गएका हुन् ।

दिल्ली डेयर डेभिल्समा आबद्ध भएका सन्दिपले आइपीएल अघि दिल्लीमा बिहीवारदेखि अभ्यास खेलका साथै, फिटनेस र मेडिकल टेस्ट गराउने छन् । उनले आइपीएलमा १ नम्बरको जर्सी लगाउने निश्चित भइसकेको छ ।

सन्दिपको टोली टोलीमा कप्तान गौतम गम्भिर रहेका छन् । साथै, उनको टोलीमा ग्लेन म्याक्सवेल, टे्रन्ड बोल्ड, मोहमद शामी, अमित मिश्रा, कासिगो राबाडा, पृथ्वी शाह, ड्यान क्रिस्टियन, रिसब पन्त, क्रिस मोरिस लगाएतका खेलाडी रहेका छन् ।

Advertisement

Advertisement

Advertisement