सेयर बजारले ‘यू–टर्न’ लियो, नेप्से ३९ अंकले बढ्यो

Advertisement

काठमाडौंः भारी गिरावट भएको भोलिपल्ट सेयर बजारले यू–टर्न लिंदै उच्च दरले वृद्धि भएको छ । सोमबार भण्डै ५२ अंकले घटेको सेयर बजार परिसुचक नेप्से आज ३९ अंकले बढेको छ । आज कारोबारमा पनि सामान्य सुधार भएको छ ।

लगातारजसो गिरावट हुँदै आएको सेयर बजारमा अर्थमन्त्री युवराज खतिवडाले ‘सेयर घट्नु स्वाभाविक भन्दै अहिले सेयरमा लगानी गर्न उचित छैन’ भन्दै बोलेपछि त्यसको गहिरो प्रभाव बजारमा देखिएको थियो । यसअघि पनि खतिवडाले सेयर बजारलाई अनुत्पादक क्षेत्र भनेको भोलिपल्ट सेयरमा भारी गिरावट भएको थियो ।

आजको कारोबारमा बीचमा थप गिरावट भई नेप्से एक हजार १३५ अंकसम्म पुगेकोमा पछि बजार सम्हालिएर एक हजार २०७ दशमलव ७१ अंक कायम भएको हो । विशेषगरी बाणिज्य बैंक, होटल र बीमा कम्पनीहरुले राम्रो नाफा गर्दा नेप्से तीन दशमलव ३५ प्रतिशतले बढेको हो ।

सेयर बढ््दा हतार हतार प्रतिक्रिया दिने सम्वन्धित सरकारी निकायहरु घट्दा मौन बसेको भन्दै नेपाल इन्भेष्टर्स फोरमले बजार सुधारका विभिन्न मागहरु अघि सारेपछि त्यसको सकारात्मक प्रभाव आको कारोबारमा देखिएको छ ।

Advertisement

Advertisement

Advertisement