सुन लुटेको आरोपमा प्रहरीका दुई जवान पक्राउ, सीसी टिभीबाट लिइयो प्रमाण

Advertisement

काठमाडौंः तस्करीको सुन लुटेको आरोपमा राजधानीबाट दुई जना प्रहरी जवान पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त गौशालाका दुई जना प्रहरीलाई तस्करीको सुन लुटेको आरोपमा मंगलबार पक्राउ गरिएको हो ।

उनीहरुले ड्युटीमा रहेको बेला तस्करीको दुई वटा सुनको बाला सोमबार लुटेको आरोप रहेको छ । पक्राउ पर्नेमा हवल्दार विश्वराज कुसुवा र प्रहरी जवान विष्णुबहादुर आले रहेका छन् ।

आरोपीले सुन लुटेको सीसी टिभीमा रहेको भिडियोको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । काठमाडौं प्रहरी परिसर र महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले प्रहरीकै जवानले सुन लुटेको खबर पाएका थिए ।

‘प्रहरी वृत्तले दुवै जनालाई जागिरबाट र्बखास्त गर्न सिफारिस गरेको बताइएको छ । अहिले प्रहरीले सुन मालिकको खोजी गरिरहेको छ । साथै, घटनाका विषयमा थप अनुसन्धान भइरहेको बताइएको छ ।

Advertisement

Advertisement

Advertisement