अमेरिका नेपालको उर्जा क्षेत्रमा सहकार्य गर्न इच्छुक

Advertisement

काठमाडौंः अमेरिकी राजदूत अलाइना बी टेप्लिजले अमेरिकी सरकार नेपालको उर्जा क्षेत्रमा सहकार्य गर्न इच्छुक रहेको बताएकी छन । मंगलबार जलस्रोत मन्त्री बर्षमान पुनसँगको भेटमा उनले उक्त कुरा बताएकी हुन् ।

सिंहदरवारस्थित उर्जामन्त्रालयमा भएको भेटवार्तामा राजदूत टेप्लिजले एमसीसी (मिलेनियम च्यालेन्ज कर्पोरेशन) परियोजना लागु भइसकेको भन्दै आगामी भदौबाट काम तीव्र रुपमा सुरु हुने बताइन ।

मन्त्री पुनले उर्जा क्षेत्रको विकास गर्ने सरकारको योजना रहेको भन्दै अन्तरदेशी प्रशारणलाइन निर्माण उर्जा मन्त्रालयको प्राथमिकतामा रहेको बताए । उनले नेपालमा उपयुक्त लगानीको बातावरण बनेको भन्दै त्यसका लागि अमेरिकी लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्ने वातावरण बनाउन सरकार तयार रहेको बताए ।

उनले १० वर्षमा १० हजार मेगावाट विजुली उत्पादन गर्ने लक्ष्यका साथ सरकार अघि बढिरहेको बताए । पुनले उर्जा आर्थिक विकासको प्रमुख आधार भएको भन्दै त्यसका लागि साना तथा ठुला परियोजना समयमै सम्पन्न गर्न मन्त्रालयले काम अगाडी बढाइरहेको दाबी गरे ।

भेटमा अमेरीकी राजदूतले अपर कर्णालीजस्ता ठुला आयोजनाहरुको सफल कार्यान्वयन भए त्यसले विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न थप हौसला मिल्ने बताए ।

Advertisement

Advertisement

Advertisement