भारतबाट अहिलेसम्मकै उच्च ४९६ मेगावाट विद्युत आयात, दैनिक १४ घण्टा लोडसेडिङ घटाउन योगदान

Advertisement

काठमाडौंः आन्तरिक उत्पादनमा कमी आएसँगै भारतबाट अहिलेसम्मकै उच्च परिणाममा विद्युत आयात भएको छ । नेपाल विद्युत प्राधिकरणको पछिल्लो विवरण अनुसार भारतबाट ४९६ मेगावाट विद्युत आयात भइरहेको छ ।

भारतबाट आयात भइरहेको यो परिणाम प्राधिकरण र निजी क्षेत्रले उत्पादन गरिरहेको भन्दा बढि हो । अहिले प्राधिकरण र यसका सहायक कम्पनीहरुमार्फत ३०४ मेगावाट र स्वतन्त्र उर्जा उत्पादक (आइपीपी)हरुबाट १५२ मेगावाट मात्रै विद्युत उत्पादन भइरहेको छ । दुवैको गरेर ४५६ मेगावाट मात्रै हुन्छ ।

औद्योगिक क्षेत्रले घोषितरुपमा २६० मेगावाटको लोडसेडिङ खेप्दै आएको छ भने विशेषगरी राजधानी काठमाडौं बाहिरका सर्वसाधारण उपभोक्ताले प्राधिकरण समस्या दैनिकजसो अघोषित लोडसेडिङको समस्या झेल्दै आएका छन् ।

आउँदो डेढ बर्षभित्र प्राधिकरणले निर्माण गरिरहेका आयोजनाबाट आठसय र निजी क्षेत्रबाट एक हजार तीनसय मेगावाट विद्युत थप हुने अनुमान गरिए पनि हाल प्राधिकरण उच्च परिणाममा भारतबाट विद्युत आयात गर्न बाध्य भएको छ ।

सुख्खायामसँगै नदिहरुमा पानीको बहाव घटेपछि आन्तरिक उत्पादनमा निकै कमी आएर आयात बढाउन प्राधिकरण बाध्य भएको हो । भारतबाट आइरहेको विद्युतले हालको अवस्थामा १४ घण्टासम्म लोडसेडिङ हुन नदिन योगदान दिएको प्राधिकरणकै कर्मचारी स्वीकार गर्छन ।

Advertisement

Advertisement

Advertisement