नयाँ प्रविधि भीआरएम जडान गरी जगदम्बा सिमेन्टको उत्पादन सुरु, अब उत्पादन दोब्बर हुने

Advertisement

काठमाडौंः जगदम्बा सिमेन्ट उद्योगले यूरोपियन कंम्पनी एफएलस्मिथको प्रविधि भर्टिकल रोलर मिल्स (भीआरएम) जडान गरी उत्पादन सूचारु गरेको जनाएको छ । उपभोक्ताको मागलाई मध्यनजर र उत्पादनलाई अझ विस्तार गर्न यो प्रविधि डान गरिएको उद्योगले जनाएको छ ।

उद्योगले भीआरएम प्रविधि विश्वस्तरीय रहेको भन्दै यसले उत्पादनलाई थप गुणस्तरीय बनाउने जनाएको छ । यस प्रविधि नेपालमा भित्राउने जगदम्बा सिमेन्ट दोस्रो कंम्पनी हो । यो प्रविधि जगदम्बा सिमेन्टको विरगञ्जस्थित शुभश्री जगदम्बा सिमेन्ट मिल्स् प्रालिमा जडान गरिएको कम्पनीले जानकारी दिएको छ ।

हालको उद्योगको उत्पादन ४५ हजार बोरा प्रतिदिन रहेकोमा भीआरएम प्रविधि जडानपछि कम्पनीको उत्पादन करिव दोब्बर हुनेछ । जगदम्बाले आफ्नो तेस्रो उद्योग नेपाल जगदम्बा सिमेन्ट इ.प्रा.लि बाट पनि चाडै नै उत्पादन शुरु गर्ने जनाएको छ । तेस्रो उद्योग सञ्चालनपछि कम्पनीको उत्पादन प्रतिदिन एक लाख १० हजार बोरा रहने कम्पनीले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement